ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरीका भ्रमणलाई नेपालको हितमा उच्चतम उपयोग गर्दै राष्ट्रपति भण्डारी


एबीसी न्यूज

न्यूयोर्क, ३० फागुन ।  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ सम्मेलनमा सहभागी हुन न्यूयोर्क आउनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अमेरिका बसाईलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नुभएको छ । सोमवार बिहान न्यूयोर्क आइपुगेलगत्तै उच्चस्तरीय भेटबार्ता अघि बढाउनु भएकी राष्ट्रपति भण्डारीले नेपाल सरकारले अघि बढाएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई ब्यवहारमा सार्थक बनाउन महत्वपुर्ण कुटनीतिक पहलकदमी लिनुभएको हो ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा सहभागी प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले जनताटाइम्सलार्इ दिनुभएको जानकारी अनुसार भेटबार्ताका क्रममा राष्ट्रपति भण्डारीले नेपालको समग्र राजनीतिक अवस्थाबारे जानकारी गराउँदै बिकाशको लक्ष्यमा सहकार्य गर्न आग्रह गर्नुभएको छ । यस्तैराष्ट्रपति भण्डारीले जलबायु परिवर्तनको असरबारे आफ्नो धारणा राख्दै नेपालले भोग्नुपरेको समस्या उठान गर्नुभएको छ । ‘सम्मानीय राष्ट्रपतिले आफ्नो अमेरिका बसाइलाई नेपालको हितमा उच्चतम रुपमा उपयोग गर्नुभएको छ, सवै बिशिष्ट ब्यक्तिहरुसँगको भेटबार्तामा नेपालमा स्थिर सरकार निर्माण भएको र बिकाशको नयाँ चरणमा प्रयोग गरेको जानकारी दिई नेपालमा लगानीको बातावरण बनेको र नेपाल सरकार बिश्व समुदायसँग आफ्नो लक्ष्यअनुसार समृद्धि हासिल गर्न सहकार्य गर्न चाहिरहेको जानकारी गराउनु भएको छ,’ सभापति पालले भन्नुभयो ।

राष्ट्पति भण्डारीले अमेरिका बसाईलाई नेपालको हितमा प्रयोग गर्ने क्रममा एकै दिन आधा दर्जन भन्दा बढी उच्चस्तरीय बार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीले न्यूयोर्कस्थित राष्ट्रसंघीय भवनमा महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । उच्चस्तरीय भेटवार्तामा जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा छलफल भएको थियो । ‘नेपाल जस्ता वातावरणीय विनाशको लागि कम जिम्मेवार मुलुकहरूले नै यसको प्रतिकूल असरको ठूलो मार खेपेका छन् । यो कसरी विवेकसम्मत र न्यायपूर्ण हुनसक्छ ?’ महासचिवसँगको भेटबार्तामा राष्ट्रपति भण्डारीको भनाई थियो ।

महासचिव गुटरेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गर्नुभयो । साथै उहाँले विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभएको थियो । यस्तै राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गर्नुभयो ।

‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उहाँको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष ग्रेसेसले छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाएको भन्दै राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गर्नुका साथै राष्ट्रपति भण्डारीको अनुभव सवैका लागि अनुकरणीय रहेको बताउनु भयो । बुधबार नै राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गर्नुभयो । इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको नियोगले थियो ।

यस्तै क्रोएशियाका राष्ट्रपति कोलिण्डासँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा छलफल भएको थियो । नेपाल र क्रोएशियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको छ । भेटमा क्रोयशियाकी राष्ट्रपति कोलिण्डाले राष्ट्रसंघको सम्मेलनमा ब्यक्त बिचार बिश्वभरका महिलाका लागि प्रेरणा रहेको भन्दै राष्ट्रपति भण्डारीको उच्च प्रसंशा गर्नुभएको छ । महासभामा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलाप्रति गरेको विभेद अप्राकृतिक भएको ठोकुवासहित अपरिवर्तनीय भने नरहेको धारणा राख्नुभएको थियो ।

यस्तै उहाँले संरचना परिवर्तनमै दख्खलदिनुपर्छ भन्ने आफ्नो निश्कर्ष सुनाउनु भएको थियो । अमेरिका बसाइको क्रममा राष्ट्रपति भण्डारीले आयरल्याण्डका पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्नभएको छ । त्यस अवसरमा जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो । राष्ट्रपति भण्डारीले गैरआसासिय नेपालीलाई पनि भेट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफूलाई भेटन आएका सवै गैरआवासिय नेपालीलाई समय दिइ नेपालको बिकाशमा सहकार्य गर्न सुझाउनुभएको छ । राष्ट्रपति भण्डारी भोलि न्यूयोर्कबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com