ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलाको पासो बन्दै घर बनाउँदाको ऋण


admin
फाल्गुन २९, २०७५ बुधबार  १२ : ५८ बजे

बलेवा, २९ फागुन । भूकम्पका कारण भत्केका घर ऋणधन गरेर पुनःनिर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका पीडितलाई बनेको घर नै बोझिलो बन्न थालेको छ । 

सरकारले दिने अनुदानको आशाले ऋण खोजेर घर पुनःनिर्माण गरेकालाई ब्याजको भारी थपिन थालेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत पीडितका लागि सरकारले अनुदान उपलब्ध गराइरहेको भए पनि विभिन्न बहानामा यहाँका पीडितले अनुदान रकम पाएका छैनन् । 

भूकम्पले घर भत्किएपछि जैमिनी नगरपालिका–१० राङ्खानीकी सुमित्रा श्रीशले ऋणधन गरेर तत्काल ओत लाग्ने टिनले छाएर दुई कोठे घर बनाउनुभयो । पीडितको सूचीमा समावेश भएको उहाँको घरले पहिलो किस्ताको रकम त पायो तर दोस्रो किस्ताको रकम पाउनका लागि मापदण्ड नपुगेको प्राविधिकले बताउने गरेका छन् । 

“ओत लाग्ने ठाउँ नै थिएन, सरकारले मापदण्ड बनाउने बेलासम्म खुला आकाशमुनि बस्नुभन्दा ऋण खोजेर घर बनाएँ”, श्रीशले भन्नुभयो, “सरकारले दिने अनुदानको आशामा लिएको ऋण अहिले ब्याजको भारी भएको छ ।” श्रीश परिवारले भूकम्पले पुरानो घर बस्नै नमिल्ने गरी भत्काएपछि सार्वजनिक भवन केही समय अस्थायी बसोबास गरेका थिए । परम्परागत हिसाबले बनाएको श्रीशको घर भूकम्प प्रतिरोधी नभएको भन्दै अनुदान रकम रोकिएको छ । 

श्रीशको जस्तै पीडा छ राङ्खानीकै स्थानकी कला भण्डारी मगरको । उहाँले पनि अनुदान पाउने आशाले तत्काल ऋण खोजेर एक छाने कच्ची घर बनाउनुभयो । पहिलो किस्ताबापतको रु ५० हजार बुझेकी भण्डारी घर सम्पन्न गरी दोस्रो किस्ताको रकम लिन सिटिजन्स बैंकमा पुग्दा थाहा भयो उहाँको घर सरकारले तोकेको मापदण्डअनुसार बनेकै छैन । घर बनाउन प्रयोग भएका कर्मीलाई ज्याला बुझाउने गरी बैंकमा पैसा लिन गएकी भण्डारी बैंकले खाता रोक्का भएको जानकारी दिएपछि छाँगाबाट खसेजस्तै हुनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले मापदण्ड विपरीतका घरको खाता रोक्का गरेपछि घर निर्माण कार्यविधि आउनुपूर्व घर निर्माण गरेका भूकम्पपीडित थप पीडामा परेका छन् । शुरुमा एक तला घर बनाएका पीडितलाई अनुदान उपलब्ध गराउने बताए पनि नपाएको पीडितको गुनासो छ । “प्राविधिकै सल्लाहअनुसार एक तला घर बनाएँ तर पैसा रोकियो’’, जैमिनी नगरपालिका–१ का कृष्णबहादुर रानाले भन्नुभयो, “कसैले मापदण्ड विपरीत घर बनाए पनि दोस्रो किस्ता पाए हाम्रो खाता रोकियो ।” 

मापदण्ड विपरीत घर निर्माण गरी दोस्रो किस्ता बुझेका घरधनीलाई समेत रकम फिर्ता गर्न आग्रह गरिएको छ । जैमिनी क्षेत्रमा करीब २३५ घरले घर निर्माण मापदण्ड लागू हुनुअघिनै घर निर्माण गरेको इञ्जिनीयर पङ्कजकुमार दासले जानकारी दिनुभयो । “जिल्लामा मापदण्ड विपरीत निर्माण भएका घरको अनुदान नै प्रमुख समस्या हो”, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका निमित्त प्रमुख रामाशिष शाहले भन्नुभयो, “कार्यविधि निर्माण हुनुपूर्व निर्माण भएका घरलाई एकमुष्ट रकम दिने भने पनि कार्यविधि, निर्देशिका र परिपत्र नआउँदा समस्या भएको छ ।” 

बागलुङमा चार वर्षको अवधिमा दुई हजार ३७५ कूल लाभग्राहीमध्ये ५१९ लाभग्राहीले मात्र तेस्रो किस्ताबापतको रकम पाएका छन् । निमित्त कार्यालय प्रमुख शाहका अनुसार हालसम्म दुई हजार १०५ लाभग्राहीले पहिलो किस्ता र ९९३ सेवाग्राहीले दोस्रो किस्ताबापतको अनुदान पाएका छन् ।
––– 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com