ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आसामको अस्पतालमा २४ घन्टायता आठ नवजात शिशुको मृत्यु,


admin

नयाँ दिल्ली, २० असोज । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ ।

भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको यो पछिल्लो उदाहरण हो ।

आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घन्टाभित्र ज्यान गएको हो । सोही अस्पतालमै जन्मिएका ती शिशुको ज्यान गएको समाचार उक्त अस्पतालका अधिकारीहरुले पुष्टी गरेका छन् ।

असामको बारपेटा जिल्लामा रहेको सो अस्पताल दिसपुर जिल्लाबाट करिब १०२ किलोमीटर टाढा पर्दछ ।
तीन जनाको बुधबार बेलुका र अरु दुईको बिहीबार बिहान मृत्य भएको समाचारमा जनाइएको छ ।

यसरी मृत्यु भएकामा तीन जना उही दिन जन्मिएका थिए भने अरु दुई जना महिना दिन भित्रका थिए । भारतका कतिपय स्थानमा रहेका अस्पतालमा यसरी शिशुको ज्यान जाने गरेका समाचारहरु केही समययतादेखि आइरहेका छन् ।

यस मृत्युको विषयमा पनि यसअघिका मेडिकल अधिकारीहरुले भन्ने गरेजस्तै नवजात शिशुमा अक्सिजनको कमी भएकोले मृत्यु भएको जनाएका छन् । तर त्यसलाई स्थानीय नागरिक तथा पीडितहरुले भने स्वीकार गरेका छैनन् ।
आम सर्वसाधारणले यसरी अस्पतालमा शिशु मारिनु चिकित्सकको लापरवाही हो भनेका छन् । त्यस्तै उनीहरुले यसरी नवजात शिशुहरुको मृत्यु हुनुको पछाडि ती अस्पतालहरुमा पूर्वाधारको कमी हुने गरेको पनि बताएका छन् ।

धेरै त उनीहरुले चिकित्सकीय लापरवाही नै बढी जिम्मेवार रहने गरेको दाबी गर्छन् । भारतीय चिकित्सकहरु यो स्वीकार गर्न तयार छैनन् ।

सो अस्पतालमा अहिले अरु पनि क्रयौँ शिशुको स्वास्थ्य अवस्था खराब छ । चिकित्सकहरुले उक्त अस्पतालमा जन्मिदै अक्सिजनको कमी भएका, जन्मिदै आवश्यक भन्दा कम तौलमा जन्मिएका र अरु जटिलताका कारण शिशुहरु गम्भीर अवस्थामा रहेकोले उनीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको बताएका छन् ।

ती आठजना शिशुको ज्यान गएको घटनाको आवश्यक छानबीन गर्न आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले आदेश दिनुभएको छ । तर चिकित्सक र अस्पतालका अधिकारीहरुले उनीहरुमा पनि जन्मिदै अक्सिजनको कमी थियो र पछि ज्यान गएको हो ।

उहाँले अबदेखि सो अस्पतालमा यस्तो घटना नदोहोरियोस भनेर के कति कारणले उनीहरुको ज्यान गएको हो भन्ने बारेमा अनुसन्धान गर्न आदेश दिनुभएको समाचारमा उल्लेख छ ।

उहाँले भन्नुभएको छ– चिकित्सक एवम् स्थानीय अस्पतालका अधिकारीहरुले लापरवाही भएको भन्ने समाचार स्वीकार नगर्ने गरेकोले स्वतन्त्र रुपमा तथ्य आओस भनेर हामीले युनिसेफका विज्ञहरुलाई पनि अनुसन्धानका लागि पठाएका छौँ ।

गत महिनामात्र पनि उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा मात्र एकै महिनाभित्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका थिए । तर त्यसको तथ्य भने बाहरि आएको छैन ।

एक महिनाको समयावधीमा यो घटना भएको समाचार यसअघि नै आएको थियो । अक्सिजन, आवश्यक औषधी र उपकरणहरुको कमीका कारण यस्तो हुन पुगेको भनी सरकारी अधिकारीले जानकारी दिएका थिए ।

तर के कति कारणले यस्तो दुःखद घटना हुन पुग्यो र महिनादिनमै यतिधेरै बालबालिकाको मृत्यु कसरी भयो भन्ने बारेमा उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकीय चिकित्सालय (अस्पताल) मा अनुसन्धान भइरहेको बताइएको छ ।

सो अस्पतालको नवजात शिशु विशेष हेरचार कक्षमा मात्र ३० जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै अन्य १९ जनाको भने बच्चा जन्मिने क्रममा र जन्मिएपछि मृत्यु भएको बताइएको छ ।

उत्तर प्रदेशका कतिपय तथा विशेषगरी सरकारी अस्पतालमा केही समययता नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । त्यस विषयमा अन्य अस्पतालको अवस्थाका बारेमा पनि अनुसन्धान गरिने उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार सो अस्पतालमा त्यति ठूलो सङ्ख्यामा के कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिने छ । यस विषयमा सर्वसाधारणमा व्यापक मात्रामा चासो बढेको छ । उनीहरुले संगठित रुपमा नै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com