ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आसामको अस्पतालमा २४ घन्टायता आठ नवजात शिशुको मृत्यु,


admin
आश्विन २०, २०७४ शुक्रबार  १ : ०३ बजे

नयाँ दिल्ली, २० असोज । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ ।

भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको यो पछिल्लो उदाहरण हो ।

आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घन्टाभित्र ज्यान गएको हो । सोही अस्पतालमै जन्मिएका ती शिशुको ज्यान गएको समाचार उक्त अस्पतालका अधिकारीहरुले पुष्टी गरेका छन् ।

असामको बारपेटा जिल्लामा रहेको सो अस्पताल दिसपुर जिल्लाबाट करिब १०२ किलोमीटर टाढा पर्दछ ।
तीन जनाको बुधबार बेलुका र अरु दुईको बिहीबार बिहान मृत्य भएको समाचारमा जनाइएको छ ।

यसरी मृत्यु भएकामा तीन जना उही दिन जन्मिएका थिए भने अरु दुई जना महिना दिन भित्रका थिए । भारतका कतिपय स्थानमा रहेका अस्पतालमा यसरी शिशुको ज्यान जाने गरेका समाचारहरु केही समययतादेखि आइरहेका छन् ।

यस मृत्युको विषयमा पनि यसअघिका मेडिकल अधिकारीहरुले भन्ने गरेजस्तै नवजात शिशुमा अक्सिजनको कमी भएकोले मृत्यु भएको जनाएका छन् । तर त्यसलाई स्थानीय नागरिक तथा पीडितहरुले भने स्वीकार गरेका छैनन् ।
आम सर्वसाधारणले यसरी अस्पतालमा शिशु मारिनु चिकित्सकको लापरवाही हो भनेका छन् । त्यस्तै उनीहरुले यसरी नवजात शिशुहरुको मृत्यु हुनुको पछाडि ती अस्पतालहरुमा पूर्वाधारको कमी हुने गरेको पनि बताएका छन् ।

धेरै त उनीहरुले चिकित्सकीय लापरवाही नै बढी जिम्मेवार रहने गरेको दाबी गर्छन् । भारतीय चिकित्सकहरु यो स्वीकार गर्न तयार छैनन् ।

सो अस्पतालमा अहिले अरु पनि क्रयौँ शिशुको स्वास्थ्य अवस्था खराब छ । चिकित्सकहरुले उक्त अस्पतालमा जन्मिदै अक्सिजनको कमी भएका, जन्मिदै आवश्यक भन्दा कम तौलमा जन्मिएका र अरु जटिलताका कारण शिशुहरु गम्भीर अवस्थामा रहेकोले उनीहरुलाई सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको बताएका छन् ।

ती आठजना शिशुको ज्यान गएको घटनाको आवश्यक छानबीन गर्न आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले आदेश दिनुभएको छ । तर चिकित्सक र अस्पतालका अधिकारीहरुले उनीहरुमा पनि जन्मिदै अक्सिजनको कमी थियो र पछि ज्यान गएको हो ।

उहाँले अबदेखि सो अस्पतालमा यस्तो घटना नदोहोरियोस भनेर के कति कारणले उनीहरुको ज्यान गएको हो भन्ने बारेमा अनुसन्धान गर्न आदेश दिनुभएको समाचारमा उल्लेख छ ।

उहाँले भन्नुभएको छ– चिकित्सक एवम् स्थानीय अस्पतालका अधिकारीहरुले लापरवाही भएको भन्ने समाचार स्वीकार नगर्ने गरेकोले स्वतन्त्र रुपमा तथ्य आओस भनेर हामीले युनिसेफका विज्ञहरुलाई पनि अनुसन्धानका लागि पठाएका छौँ ।

गत महिनामात्र पनि उत्तरी भारतीय राज्य उत्तरप्रदेशको एउटा सरकारी अस्पतालामा मात्र एकै महिनाभित्र ४९ जना बालबालिकाको मृत्यु भएको विषयमा अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका थिए । तर त्यसको तथ्य भने बाहरि आएको छैन ।

एक महिनाको समयावधीमा यो घटना भएको समाचार यसअघि नै आएको थियो । अक्सिजन, आवश्यक औषधी र उपकरणहरुको कमीका कारण यस्तो हुन पुगेको भनी सरकारी अधिकारीले जानकारी दिएका थिए ।

तर के कति कारणले यस्तो दुःखद घटना हुन पुग्यो र महिनादिनमै यतिधेरै बालबालिकाको मृत्यु कसरी भयो भन्ने बारेमा उत्तर प्रदेशको फारुक्खाबाद जिल्लामा रहेको राम मनोहर लोहिया राजकीय चिकित्सालय (अस्पताल) मा अनुसन्धान भइरहेको बताइएको छ ।

सो अस्पतालको नवजात शिशु विशेष हेरचार कक्षमा मात्र ३० जना बालबालिकाको मृत्यु भएको थियो । त्यस्तै अन्य १९ जनाको भने बच्चा जन्मिने क्रममा र जन्मिएपछि मृत्यु भएको बताइएको छ ।

उत्तर प्रदेशका कतिपय तथा विशेषगरी सरकारी अस्पतालमा केही समययता नवजात शिशुको मृत्यु हुने क्रम बढ्दै गएको पाइन्छ । त्यस विषयमा अन्य अस्पतालको अवस्थाका बारेमा पनि अनुसन्धान गरिने उत्तर प्रदेश राज्यका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार सो अस्पतालमा त्यति ठूलो सङ्ख्यामा के कसरी बालबालिकाको ज्यान गएको छ भनेर खोजी गरिने छ । यस विषयमा सर्वसाधारणमा व्यापक मात्रामा चासो बढेको छ । उनीहरुले संगठित रुपमा नै यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com