ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारी हिमपातका कारण अवरुद्ध शहीदमार्ग डेढ महीनापछि खुल्यो


admin
फाल्गुन २७, २०७५ सोमबार  २ : १२ बजे

रुकुम ,२७ फागुन । भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो । 

शहीदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । शहीदमार्ग भएर भुमेको काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हँुदै घोराही, नेपालगञ्ज, काठमाडाँै पुग्न यात्रुलाई सहज भएको छ । 

काँक्रीबाट शहीदमार्ग भएर घोराही जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, शहीदमार्ग अवरुद्ध भएपछि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको थियो । शहीदमार्ग खुलेसँगै लामो बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । काँक्रीबाट घोराही र घोराहीबाट काँक्रीका लागि दैनिक एक÷एक गाडी सञ्चालन हँुदै आएका छन् । 

अझै खुलेन मध्यपहाडी लोकमार्ग 

जिल्लाको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महीनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा भुमे गाउँपालिका–२ काँक्रीदेखि बुर्तिबाङ हुँदै पोखरा, काठमाडाँैसम्म चल्ने यातायातका साधन चल्न सकेका छैनन् । उच्च भेगमा पर्ने सडकमा पटकपटक बाक्लो हिमपात भएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । 

काँक्रीबाट बुर्तिबाङ, पोखरा हुँदै काठमाडौँ दैनिक एक गाडी सञ्चालन हुँदै आएको थियो । यो वर्ष पटकपटक हिमपात भएकाले लामो समयसम्म उक्त सडकखण्डमा यातायातका साधन ठप्प हुँदा पोखरा, चितवन, काठमाडाँै जाने यात्रु समस्यामा परेका छन् । सडकमा जमेको हिउँ नपग्लिएसम्म मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालन गर्न नसक्ने यातायात व्यवसायी सनम गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com