ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री आङ्बोले धाराको टुटी खोले खोलेपछि..


admin
फाल्गुन २६, २०७५ आईतबार  १ : १७ बजे

फिदिम, २६ फागुन ।  प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । 

रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ डिप बोरिङ जडान गरियो । नभन्दै पानी निस्कियो र वितरण हुन थालियो । त्यही डीप बोरिङ आयोजनाको मन्त्री आङ्बोले शनिबार औपचारिक उद्घाटन गर्नुभयो । 

काकाकुल कुम्मायकवासीका लागि समस्याको अल्पकालीन समाधान गराउन उहाँले योजना बनाउनुभयो, बजेट निकासा भयो । पानी आएको धाराको टुटी खोल्ने पनि मन्त्री आङ्बो उपस्थित हुनुभयो । यो क्षणमा स्थानीयवासी हर्षविभोर थिए । जब धाराबाट पानी झ¥यो, सयौँ सहभागीले तालीमार्फत यसको स्वागत गरे । 

सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानीको उद्घाटनसँगै त्यस क्षेत्रका करीब एक हजार ५०० घरधुरीका सात हजार ५०० परिवारमा खानेपानीको अल्पकालीन सुविधा पुगेको छ । कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा शनिबार डीप बोरिङबाट निकालिएको पानीको धारा खोलेर उद्घाटन गरिएको हो । 

सो अवसरमा मन्त्री आङ्बो यासोक क्षेत्र पम्पिङ आयोजनाअघि नै डिप बोरिङ आयोजनाले सानो राहत दिएको बताउनुभयो । उहाँले प्रदेश सरकार शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकताको पूर्तिमा केन्द्रित भएको उल्लेख गर्नुभयो । खानेपानीको अभावमा आफ्नो थाकथलो छोडेर बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न यो योजना अघि बढेको उहाँले प्रस्ट्याउनुभयो । समृद्ध राष्ट्र निर्माणका लागि ठूला पूर्वाधार निर्माणअघि अत्यावश्यकीय आवश्यकता पूर्ति गर्नतर्फ तीनै तहका सरकारका केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

समुदायको मागमा आधारित भएर कार्य गर्न उहाँले सबै सरकारी निकायलाई निर्देशन दिनुभयो । यासोक क्षेत्रमा पम्पिङ खानेपानी आयोजनालाई सफल बनाएपछि पम्पिङ सिँचाइ आयोजना अघि बढाउनुपर्ने धारणा मन्त्री आङ्बोको छ । यसतर्फ तत्कालै स्पष्ट धारणा बनाउने उहाँले स्थानीयवासीलाई अपिल गर्नुभएको छ । मन्त्री आङ्बोले वर्ष दिनमा सरकार परिवर्तन गर्दै अस्थिरता र द्वन्द्वको बीउ रोप्न पल्केकाहरु सरकारलाई घेराबन्दीमा पार्ने प्रयासमा लागिरहेको बताउनुभयो । 

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका साबिकका यासोक, रानीगाउँ र स्यावरुम्वा गाविसमा अहिले पाँच वटा डिप बोरिङका आयोजनाहरु अघि बढेका छन् । जसमध्ये तीन वटा आयोजनाबाट खानेपानी निकाली वितरण गर्न थालिएको छ । बाँकी दुई वटा आयोजना अन्तिम चरणमा पुगको आयोजनाका अध्यक्ष अमरसिंह थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले रु एक करोड ६० लाख बजेट उपलब्ध गराएसँगै आयोजनको काम द्रुत गतिमा बढाई तत्कालै खानेपानी प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख सुरतलाल चौधरीले बताउनुभयो । 

मेची अञ्चलमै पहिलो पटक यहाँ डिप बोरिङको आयोजना सफल भएको उहाँको भनाइ छ । सुख्खा क्षेत्रमा पानी निस्केपछि स्थानीय हर्षित छन् । स्थानीय व्यवसायी लीला थापा भन्छिन्, “यो त अचम्मै हो । यसरी पानी निस्कन्छ भन्ने मैले सोचेको पनि थिएन । अब पानीकै अभावमा कुनै पनि व्यवसाय बन्द गर्नु नपर्ने भयो ।” विद्युत्को सहायताबाट बोरिङ गरेर निकालिएको पानी सर्वसाधारणका घरसम्म पु¥याउन यासोक बजारमा पुरानै पाइपलाइन र सङ्कलन केन्द्रलाई प्रयोग गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

यो सँगै कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा वितरण गर्दै आएको तमोर नदीको पानी वितरण कार्यसमेत बन्द भएको छ । डिप बोरिङ आयोजनाको पानी वितरण भएसँगै पानी अभावमा बसाइँ सरेका थुप्रै परिवार पुनस्र्थापित हुने अपेक्षा गरिएको स्थानीयवासीसमेत रहनुभएका पूर्वसामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेको भनाइ छ । 

डिप बोरिङबाट पानी निकाल्ने प्रविधि सफल भएसँगै प्रदेश सरकारले फिदिम नगरपालिका–९ लुम्फावुङ, फिदिम नगरपालिका–११ नांगिन र फाल्गुनन्द गाउँपालिका–१ सुर्केनागीमा समेत यो प्रविधिको विस्तारमा सघाउने भएको छ । खानेपानीको अभाव रहेका जिल्लाका अन्य स्थानमा समेत यो प्रविधिको प्रयोगको माग बढेको हो । 

स्वास्थ्य शिविरमा ६४९ जनाले लिए सेवा 

याङवरक गाउँपालिकाको सहयोगमा पाँचथरको थर्पुमा आयोजित स्वास्थ्य शिविरमा ६४९ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । 

बाँस्कोटा समाज नेपाल केन्द्रीय समिति र जिल्ला कार्यसमिति पाँचथरले शनिबार आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिका तथा ताप्लेजुङको पाथीभरा याङवरक र सिदिङ्वा गाउँपालिकाका स्थानीयवासीले सेवा लिएका हुन् । उक्त निःशुल्क स्वास्थ्य परीक्षण शिविरलाई बी एण्ड सी अस्पताल विर्तामोड, झापा तथा समर्पित अस्पताल फिदिम, पाँचथरले प्राविधिक सहयोग गरेको समाजका कोषाध्यक्ष रामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

उक्त शिविरमा स्त्री रोग विशेषज्ञ डा सुनील शाह र सङ्गीता राई तथा सर्जन डा वासुदेव बाँस्कोटा, छाला तथा यौन रोग विशेषज्ञ डा रवीन्द्र बाँस्कोटा र फिजिसियन डा उमेश ढुङ्गाना तथा डा राजेन्द्र श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

यस्तै बाल रोग विशेषज्ञ डा रुपक आचार्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा राजीवकुमार शाह, नाक, कान, घाँटी रोग विशेषज्ञ डा धर्मकान्त बाँस्कोटा र रोडियोलोजिस्ट डा सुमनकुमार श्रेष्ठ लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरी परामर्श दिनुभएको थियो । उक्त स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इसिजी र ल्याब सेवासमेत निःशुल्क सञ्चालन गरिएको थियो । 

स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै याङवरक गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरेले दुर्गम ग्रामीण क्षेत्रका लागि यस प्रकारका शिविरहरु आवश्यक रहेको बताउँदै यस्ता कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने वताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com