ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक : नेता पाण्डे


admin

गोरखा, २६ फागुन । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्नेे दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गर्नुभयो । 

सिके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भन्नुभयो ‘‘सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गर्नुभएको कुराले मेल नखाएको र फरक-फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।

’’नेपाली काङ्ग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उहाँले पार्टीभित्रका केही नेताले विज्ञप्ति निकाल्दैमा विशेष महाधिवेशन नहुने बताउनुभयो । नेपाली काङ्ग्रेसमा अहिले चाहिनेभन्दा बढी लोकतान्त्रिक अभ्यास हुने गरेको छ तर त्यसले पार्टीलाई फाइदा नपुग्ने नेता पाण्डेकोे भनाइ थियो । 

विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, हामीसँग अझै एकवर्ष समय बाँकी समय छ तर महाधिवेशनका लागि अनि हतारो किन भन्दै उहाँले सानो एजेण्डामा पनि वक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा विभाजनको रेखा कोरिने भएकाले यस्तो प्रवृत्ति अपनाउनु राम्रो होइन भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com