ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यकः मन्त्री थापा


admin
फाल्गुन २४, २०७५ शुक्रबार  ४ : ५३ बजे

काठमाडौं,२४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेकोमा जोड दिनुभयो । 

उहाँले मुलुकमा प्रजातान्त्रिक आन्दोलनसँग महिलाका अधिकार स्थापित हुदै गएको र संविधानसभाबाट जारी नेपालको संविधानले महिलाका धेरै अधिकार उल्लेख गरेको बताउँदै ती अधिकार कार्यान्वयनका लागि सरकार कानून निर्माणमा जुटेको धारणा व्यक्त गर्नुभयो । 

मन्त्री थापाले सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताउनुभयो । 

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले स्थानीय समुदाय अधिकार सम्पन्न भएमात्रै स्थानीय र प्रदेश सरकार सबल ह्ुने बताउँदै प्राकृतिक स्रोतमाथि स्थानीय समुदायका अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले सामुदायिक वन उपभोक्ता महासङ्घले महिलाका अधिकार उठाउँदै आएको बताउँदै त्यस्ता मुद्दालाई कानूनमा समेट्न नीति निर्माण प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

महासङ्घका अध्यक्ष भारती पाठकको सभातित्वमा कार्यक्रम सम्पन्न भयो यसअघि सामुदायिक वनकर्मीले विभिन्न नारा लेखिएका प्लेकार्डसहितको ¥याली निकालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com