ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षाको पहुँच वृद्धि गर्न सके विभेद अन्त्य – चैतन्य मिश्र


एबीसी न्यूज
फाल्गुन २१, २०७५ मंगलबार  ४ : ०७ बजे


काठमाडौँ, २० फागुन । शिक्षाको पहुँच वृद्धि गर्नसकेमा मुलुकमा देखिएका सबै खालका विभेद अन्त्य गर्न सकिनेमा जोड दिइएको छ । 

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले आज प्रा डा चैतन्य मिश्रले ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ मा गरेको छलफलमा सबै नागरिकमा शिक्षाको सहज पहुँच पु¥याउन सकेमा समाजका जातीय र छुवाछूतजन्य विभेद अन्त्य हुने बताउनुभयो । 

“समाजका सबै खालका विभेद अन्त्य गर्न नागरिकको समृद्धि जरुरी छ, त्यसका लागि कम्तीमा विद्यालयको आधारभूत शिक्षा गुणस्तरीय हुनुपर्छ”, प्रा डा मिश्रले भन्नुभयो, “छुवाछूतजस्ता विभेदको जड अज्ञानता हो ।” 

लोकतन्त्रले वर्गीय असमानतालाई तोड्नुपर्नेमा जोड दिँदै उहाँले कम्तीमा व्यक्ति जन्मेदेखि भोग्नुपर्ने विभेदलाई न्यूनीकरण गर्न भूमिका खेल्नुपर्ने जरुरी रहेको बताउनुभयो ।समाजका विद्वान् वर्गले जागीरे मानसिकता मात्र नराखी नयाँ तरिकाले ज्ञान निर्माणमा ध्यान दिनुपर्ने आग्रह प्रा डा मिश्रको छ । 

समितिका सदस्य दुर्गाबहादुर राउत, गङ्गा चौधरी, हीरा गुरुङ, विमला नेपालीले समाजमा विद्वान् भनिएका केही व्यक्तिले आफ्नो बौधिकताबाट समाजका नराम्रा विकृति÷विसङ्गतिलाई अन्त्य गर्नमा प्रभावकारी भूमिका नखेली अनावश्यक आलोचनामा समय बिताएको धारणा राख्नुभयो । 

समितिका सभापति निरुदेवी पालले महिला तथा सामाजिक समितिले देशमा विद्यमान कुसंस्कार र कुरीतिलाई न्यूनीकरण गरी समतामूलक समृद्ध समाज निर्माण गर्ने उद्देश्यले समितिले निरन्तर सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने बताउनुभयो । 

समितिले यसअघि यसै विषयमा संस्कृतिविद् प्रा डा धनबहादुर कुँवरसँग छलफल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com