ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चट्याङ लागेर एउटै परिवारका तीन जना घाइते


एबीसी न्यूज
फाल्गुन २१, २०७५ मंगलबार  ३ : ५२ बजे


काठमाडौँ, २० फागुन ।  जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनुभयो । 

आमाबुबाको मृत्युपछि दुई बहिनी विचल्लीमा 

जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो । 

आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको दुई महीना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनी विचल्लीमा परेको नाथले जानकारी दिनुभयो । 

विचल्लीमा परेकाी दुबै ७० वर्षीय औला दमाईं बज्यैको साहरामा बस्दै आएकी छिन् । आमा र बुबा दुवै नभएका यी बहिनी विद्यालयसमेत जाँदैनन्, दुवैको उमेर विद्यालय जानेभन्दा बढी भइसक्दासम्म पनि आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नसकेको औला दमाईंले बताउनुभयो । 

सात वर्षीया ज्योतिले भनिन्, “आमाको मृत्युपछि बुबा पनि बिरामी हुनुभयो, बिरामी भए पनि केही आशा त हुन्थ्यो, तर बुबानै मृत्यु भएपछि बेसाहारा बनेका हौँ । आफू अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौँ, बहिनीलाई बज्यैले मागेर पाल्ने गरेको छ ।” 

अरुका लुगाकपडामा मागेर लाउने गरेका छौँ, कुनै दिन त खाना नपाएर भोकै बस्ने गरेको उनले दुखेसो गरिन् । विद्यालय जाने रहर त थियो तर कापी, कलम र लुगा किन्ने पैसा नभए कारण विद्यालय जान नसकेको सात वार्षीया दमाईंको भनाइ छ । 

बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले विचल्लीमा रहेका ती दुई बहिनीको अवस्थाका बारेमा सोमबार स्थलगत अनुगमन गरेर जानकारी लिनुभएको छ । ती दुई बहिनीको तत्काल उद्धार र संरक्षणका लागि पहल गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com