ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक वनलाई नमूना बनाउँदै महिला


एबीसी न्यूज


काठमाडौँ, २० फागुन । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ वैजापुरस्थित भुवर भवानी सामुदायिक वनलाई जिल्लाकै नमूना वन बनाउन महिला कस्सिएका छन् । 

एघार जनाको कार्यसमितिमा कार्यकारी पद अध्यक्ष, सचिव, कोषाध्यक्षसहित सात महिला छन् । चार मात्र पुरुष छन् । विसं २०६० मा स्थापना गरिएको सो वनको नेतृत्व लिने कोही नभएपछि चार वर्ष अघि सीता परियारको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो । “उपभोक्ताको मन जितेर काम गर्दै आएका छौँ”, अध्यक्ष परियारले भन्नुभयो, “हामी नेतृत्वमा पुग्नु अघि संस्था ऋणमा थियो । ऋण तिर्नुपर्ने भएपछि वनको नेतृत्व सहजरुपमा महिलालाई जिम्मा लगाइएको हो ।” 

“ऋण चुक्ता गरी संस्थालाई मुनाफामा पु¥याएका छौँ”, उहाँले भन्नुभयो । भुवर भवानी सामुदायिक वन उपभोक्ता समूह बाँकेकै नमूना बन्न पुगेको छ । समूहले नमूना भवनसमेत निर्माण गरेको छ । समूहमा अहिले रु तीन करोडभन्दा बढीको काठ सञ्चित छ । काठ बेचेर प्राप्त भएको रु १७ लाखसहितको रकमले भवन निर्माण गरिँदै छ । “अहिलेसम्म रु २५ लाख खर्च भइसकेको छ”, अध्यक्ष परियारले भन्नुभयो । 

सिक्टा सवडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत मनोज साहले संस्थालाई उकास्न महिलालाई नेतृत्व सुम्पिएको बताउनुभयो । स्थानीय उपभोक्ता एवं पूर्व सांसद पट्टु थारू महिलाले नेतृत्व गरेको सामुदायिक वन उदाहरणीय बनेको बताउनुहुन्छ । समूहमा आयस्रोत जुटाएपछि पदको लागि तछाडमछाड शुरु भएको समूहकी सचिव सङ्गीता थारूले बताउनुभयो । वनसँग साल, अस्ना, जामुन, कर्मालगायतको १२ हजार क्युफिट काठ मौज्दात छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com