ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याटालोनिया स्पेनबाट छुट्टिने


admin
आश्विन १९, २०७४ बिहीबार  १२ : १८ बजे

काठमाण्डौं, १९ असोज । क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान नागरिकको बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् ।

टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउदो हप्ता क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने संकेत गरेका छन् ।

स्पेनका राजा फेलिपे छैटौंले मंगलबार राति टेलिभिजन सम्बोधनको क्रममा जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताएका थिए । क्याटालोनिया संकटका बारेमा पहिलो पटक सम्बोधन गर्नुभएका राजा फेलिपे छैटौंले अहिलेको अवस्था स्पेनका लागि निकै गम्भीर रहेको र सबै पक्षलाई एकताका लागि आह्वान समेत गरेका थिए । त्यसको २४ घण्टापछि नेता कार्लेसले राजा फेलिपे छैटौंले समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्नुको साटो क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाएको हो । स्पेनबाट अलग हुन चाहेको क्याटालोनियामा आइतबार जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा भोट दिएका झण्डै ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको क्याटालोनियाका नेताको दाबी छ । तर स्पेन सरकारले भने यसलाई अवैध भन्दै आएको छ । जनमतसंग्रहमा मतदातालाई रोक्ने प्रयासमा लागेको प्रहरीको कारवाहीमा ९ सय भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com