ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरिया र अमेरिकाबीच वार्तालाई निरन्तरता दिन सहमत


admin

एजेन्सी,१७ फागुन ।  उत्तर कोरियाका नेता किम जोङ अन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुबै मुलुकबीच आपसी चासोका विषयलाई सम्बोधन गर्न वार्ता र संवादलाई निरन्तरता दिन सहमति भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । 

“दुई नेताबीच दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन निकै रचनात्मक र खुलस्त रुपमा विचारहरु आदानप्रदान भए,” केसीएनएले प्रकाशन गरेको समाचारमा जनाइएको छ । 

हनोई शिखर बैठक आपसी सम्मान र विश्वास निर्माण गर्न निकै महत्वपूर्ण ठहरिएको बताउँदै केसीएनएले दुबै मुलुकबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । सात दशकदेखिको तनाब तथा आउँदा दिनमा सामना गर्नुपर्ने कठिनाईलाई विचार गरी दुबै मुलुकका जनताको इच्छा बमोजिम दुबै देशले महत्वपूर्ण प्रगति गर्ने केसीएनले बताएको छ । 

राष्ट्रपति ट्रम्प र नेता किमबीचको दुई दिने हनोई वार्ताको दोस्रो दिन राष्ट्रपति ट्रम्पले बीचमै स्थगन गर्नुभएको थियो । 

राष्ट्रपति ट्रम्पले हनोईमा पत्रकार सम्मेलन गरी उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका सबै प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त राखेपछि वार्तामा कुनै प्रगति हुन नसकेको बताउनुभएको थियो । 

तर उत्तर कोरियाका विदेश मन्त्री री योङ हो ले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक रुपमा फुकुवा गर्न बैठकमा आग्रह गरिएको स्पष्ट गर्नुभएको छ । 

मन्त्री होले प्रतिबन्धका कारण उत्तर कोरियाली जनताको जीवनस्तरमै असर पार्न लागेकाले त्यस्तो प्रतिबन्ध आंशिक रुपमा फुकाउन आग्रह गरिएको जानकारी दिनुभयो । 

वार्तालाई निरन्तरता दिन्छौं – राष्ट्रपति ट्रम्प 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हनोई वार्ताका बारेमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी जानकारी दिनुभएको छ । ह्वाइट हाउसका अनुसार वासिङ्टन फर्कनेक्रममा राष्ट्रपति ट्रम्पले दुबै नेतालाई फोन गर्नुभएको थियो । 

ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग वार्तालाई निरन्तरता दिने र गठबन्धनका मुलुकसँग पनि सहकार्यलाई निरन्तरता दिने जानकारी गराउनुभएको बताउनुभयो । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई देशबीच अर्को वार्ता कहिले हुन्छ भन्नेमा मिति तय नभएको जानकारी दिँदै दुबै मुलुकबीच वार्तालाई घनिभूत गराउन आवश्यक रहेकामा जोड दिनुभयो । 

अब हाम्रो भूमिका अझ बढ्यो – राष्ट्रपति मून 

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार राष्ट्रपति मून जाए–इनले “असफल देखिएको” उत्तर कोरिया र अमेरिकाबीचको वार्तालाई पुनः सही मार्गमा ल्याउन दक्षिण कोरियाले मध्यस्थता गर्ने बताउनुभएको छ । 

कोरियाको स्वतन्त्रता दिवसका अवसरमा मन्तव्य राख्दै राष्ट्रपति मूनले हनोई शिखर वार्ता असफल नभएको चर्चा गर्दै वार्तामा अर्थपूर्ण प्रगति भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वार्तामा दुई मुलुकबीच सम्पर्क कार्यालय खोल्ने बारेमा छलफल भएको छ, र दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन यो निकै महत्वपूर्ण कदम हो । मैले राष्ट्रपति ट्रम्पलाई निकै विश्वास गरेको छु । उहाँले वार्तालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र निकै सकारात्मक धारणा राख्नुभएको छ ।” 

“अब हाम्रो भूमिका अझ बढेर गएको छ । मेरो सरकारले संयुक्तराज्य अमेरिका र उत्तर कोरियासँग अझ नजिकको सञ्चार तथा सहयोगात्मक सम्बन्ध विस्तार गर्नेछ । कुनै पनि किसिमले दुई मुलुक सहमतिमा पुगुन् भन्ने मेरो धारणा छ ।” 

उत्तर कोरियाली नेता किम शनिबार स्वदेश फर्कने 

हनोईमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन तोकिएको कार्यतालिकाभन्दा अघि नै शनिबार बिहान स्वदेश फर्कने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 

नेता किमले भियतनामको दुई दिने औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान १० बजे भियतनामको सीमावर्ती शहर दोङ दाङका लागि प्रस्थान गर्नुहुनेछ । 

भियतनामको विदेश मन्त्रालयले शनिबार अपराह्न दोङ दाङतर्फ प्रस्थान गर्ने यसअघि जनाएको थियो । अमेरिकासँगको वार्तामा खासै प्रगति नभएका कारण नेता किमले भियतनाम भ्रमण छोट्याएको हुन सक्ने अनुमान गरिएको छ । 

नेता किमले शुक्रबार अपराह्न भियतनामका राष्ट्रपति न्यूयेन फू ट्रोङसँग भेटवार्ता गर्नुहुनेछ । उहाँलाई राष्ट्रपति कार्यालयमा सलामी अर्पण गरिनेछ । 

उहाँले प्रधानमन्त्री न्यूयेन छुआन फूकसँग भेटवार्ता गर्नुहुनेछ । स्रोतका अनुसार नेता किमले हनोईस्थित भियतनाम–उत्तर कोरिया मैत्री विद्यालयको भ्रमण पनि गर्नुहुनेछ । शनिबार स्वदेश फर्कनुअघि नेता किमले हो ची मिन्ह समाधीस्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

नेता किमले हनोईदेखि दोङ दाङसम्म करिब १७० किलोमिटर सडक मार्गका साथै त्यहाँबाट रेलबाट प्योङयाङ प्रस्थान गर्नुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com