
टोकियो जापान , ८ फागुन । जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले ६९ औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीको सुख शान्ती र समृद्यीको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
मगंलबार टोकियोको मेगुरोमा दुताबासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राणाले देशमा निरङकुस राणाशाशनको अन्त्य भई प्रजातन्त्र स्थापना भएकोले नेपालीले समृद्यीको सास फेरेको बताउनुभयो । उहाले प्रजातन्त्र सस्थागत भईसकेको र अब यसलाई निरन्तरता दिनको लागि सबै नेपालीले साथ दिनुपर्ने बेला आएको बताउनुभयो । उहाले पछिल्लो समय जापानमा नेपालीको छविमा आँच आएको भन्दै जापानमा नेपालीले माल पाएर चाल नपाएको गुनासो गर्नुभयो ।
नेपालीले जापानमा रहदा जापानको नियम र कानुनलाई पालना गर्न आग्रह समेत गर्नुभयो । दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले प्रवासमा रहदा नेपालीले आफ्नो पहिचान र छविलाई विर्सन नहुने उल्लेख गर्नुभयो । उहाले पछिल्लो समय केही नेपालीका गतिबिधिले सिंगो नेपाली समुदायमै असर परेकोले सचेत हुनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गैरआवासिय नेपाली संगका अध्यक्ष भवन भट्टले सरकारले अगाडी सारेको आर्थिक समृद्यीको एजेण्डालाई सबै प्रवासीले साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा एनआर एन ए आईसिसीका प्रवक्ता भुषण घिमिरे, जनप्रगतिशिल मंचका अध्यक्ष हवलचन्द्र लामा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्