ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते


admin
माघ २५, २०७५ शुक्रबार  २ : ५० बजे


फिदिम, २५ माघ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । 

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ ।

खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो । 

यद्यपि कक्षा ९ कै विद्यार्थीले २०-२० रुपैयाँ सङ्कलन गरी कुर्सी मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् । 

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताउनुभयो । कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अधिकारीको भनाइ छ ।

“टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नुपर्छ । यसका लागि २४ घण्टा पर्खनुपर्छ” अधिकारीले भन्नुभयो, “हामीले दुखाइ कम गर्ने औषधि दिएका छौँ ।” यही विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए । 

यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ । गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घट्ना सार्वजनिक भएका विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com