ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै , राखेपद्वारा भव्य स्वागतको तयारी


admin
माघ २१, २०७५ सोमबार   १२ : ०७   बजे

काठमाडौं,२१ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । 

दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ । 

नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पु¥याइने कार्यक्रम छ । “मैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु, प्रधानमन्त्रीको समय मिलेपछि सरकारी तवरबाट उच्च सम्मानको कार्यक्रम बन्नेछ”–उपाध्यक्ष तिम्सिनाले रासससँग भन्नुभयो । 

यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन् । 

लामिछाने बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ)बाट अष्ट्रेलिया जाने भएका हुन् । उनी सो लिग बीचमै छोडेर बिपिएलका लागि बङ्गलादेश गएका थिए । बङ्गलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन् । 

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बङ्गलादेश प्रिमियर लिग (बिपिएल) लिग खेल बङ्गलादेश आएका थिए । 

घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो । 

नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खलासमेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो । 

उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने । 

टी–२० शृङ्खला खेल्नुअघि नेपालले यूएइसँग तीन म्याचको एकदिवसीय शृङ्खला खेलेको थियो । दुबै शृङ्खलामा नेपालको प्रदर्शनमा एउटा समानता रह्यो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलामा २–१ को कब्जा । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group