ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु


admin

सुर्खेत, १४ माघ । कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।

बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकरुपता ल्याउने र सबै तहको अधिकारमा स्पष्टता गराउने ध्येयले बैठकको आयोजना गरिएको बताउनुभयो ।

“सङ्घीय संरचनामा जाँदा देखिएका केही अलमल छन्,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो बैठकमा त्यसको स्पष्ट धारणा निकाल्दै कसरी तीन वटा सरकारको समन्वयबाट विकास सम्भव छ र प्रदेश र स्थानीय तहको संरचना कस्तो हुनसके कामकारवाही अघि बढ्नसक्छ भन्ने कुराको निक्र्यौल निकाल्छौं ।”

केन्द्रबाट आएको बजेटले पनि खास कर्णालीको अपेक्षित विकास हुन नसकेको र सामाजिक विकासका क्षेत्रमा थुर्पै बजेट खर्च भए पनि तीनबाट उल्लेख्य परिणाम नदेखिएको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी कानून निर्माणको चरणमा हामी छौं । त्यसैले कस्ता कानून बनाउँदा हाम्रा लागि सहज हुनसक्छ ? भन्नेमा बैठक केन्द्रित हुनेछ ।”

उहाँका अनुसार दुई दिनसम्म सञ्चालन हुने बैठकको अन्तमा दुई तहको साझा बुझाइलाई एकीकृत गरेर प्रतिबद्धतासहितको घोषणा पत्र जारी गर्नेछ । स्थानीय सरकार, प्रदेश र सङ्घले कति र कस्ता खालका सडक बनाउने भन्ने कुराको निक्र्यौल पनि यो बैठकले निकाल्ने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश मन्त्रालयका विभागीय सचिवले मन्त्रालयगत रुपमा प्रगतिको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको छ । बैठकमा प्रदेश सभामुख, कर्णाली सरकारका मन्त्री, सङ्घीय संसद्, प्रदेशसभा सदस्य, विज्ञ, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com