ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै हात खुट्टा गुमाएका कृष्णका लागि झण्डै दुई करोड संकलन


admin
माघ ११, २०७५ शुक्रबार  १२ : ०२ बजे

काठमाडौं,११ माघ । रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण ओली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए ।

गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनलाई कीर्तिपुर अस्पतालले बचाएको थियो ।

तर उनले दुवै हात र एक खुट्टा गुमाएका छन । एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण बनेको छ । अन्यथा कृष्ण ओलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन भएको छ ।

रुकुमका युवक कृष्ण ओलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात महिना उनी कति रोए कुनै लेखाजोखा छैन । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् उनैलाई मात्र थाहा छ ।

तर, अहिले यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तिमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने कुराले उत्साही बनेका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई सयोग गरिरहेका छन ।

जब एक महिना अगाडि कृष्णको कथा एउटा यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको थियो । त्यसले नेपालीहरुलाई तरंगित बनायो । तत्कालै उनका लागि आर्थिक सहयोग जुट्न थाल्यो ।

कठिन अवस्थामा कृष्णका लागि बलियो खम्बा बनेर उभिइन् उनकी १८ वर्षीया पत्नी रुपा । बलियो मुटु भएकी रुपाले अकल्पनीय बज्रपात सहनुपर्दा पनि हिम्मत हारिनन् । श्रीमानको हौसला बढाइन् । रुपा जस्ती पत्नी पाउनुलाई धेरैले उनको भाग्यको रुपमा चित्रण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com