ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदार कम्पनीको लापरवाहीका कारण सुर्खेत–दैलेख सडकखण्ड जीर्ण बन्दै


एबीसी न्यूज
माघ १०, २०७५ बिहीबार  ५ : ४६ बजे

दैलेख, १० माघ । सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ ।

शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको थियो । विसं २०५३ असोजमा दैलेख बजारसम्म पहिलो पटक सार्वजनिक बस चले पनि त्यपसपछि चार वर्षसम्म सडक हिलाम्ये र धुलाम्बे हुँदा दैलेखदेखि सुर्खेत जान आठ घण्टा लाग्ने गथ्र्यो । विसं २०६६ बाट कालोपत्र गर्न शुरु गरिएको सो सडकखण्ड अहिले झनै जीर्ण बन्दै गएको छ ।

सुर्खेतदेखि दैलेखसम्मको ६७ किलोमिटर सडकखण्डको हजारौँ स्थानमा खाल्डाखुल्डी भएका कारण यात्रा सास्तीपूर्ण बनेको यात्रुको गुनासो छ ।

उक्त सडकमा अहिले दैनिक दुई सय सवारीसाधन ओहरदोहर गर्छन् । विसं २०६६ बाटै सडक स्तरोन्नतिसहित कालोपत्र शुरु गरिए पनि काम गुणस्तरीय नहुँदा सो समस्या आइपरेको हो । सडक मर्मतको जिम्मा पाएका ठेकेदार कम्पनीको लापरवाहीका कारण समस्या भएको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष चक्र केसीले बताउनुभयो ।

सडक मर्मतको जिम्मा लिएका ठेकेदारले अघिपछि काम नगर्ने र वर्षाको बेला मात्रै काम गर्ने गरेका छन् । ‘हरेक वर्षात्को समयमा गरिएको काम बालुवामा पानी हालेझै भएको छ, यात्रु पूर्ण महतराले भन्नुभयो । यो सडकखण्डको सियाकोटसम्म निकै साँघुरो भएका कारण पनि सवारीसाधन सञ्चालनमा समस्या भएको उहाँको भनाइ थियो ।

सडक स्तरोन्नति र चौडा गरिए सवारी सञ्चालनमा सहज हुनाका साथै यात्रुलाई समेत सहज हुने यात्रु महतराले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको अनुसार चालू आवको छ महीनाको अवधिमा दैलेख–सुर्खेत सडकखण्ड र जिल्लाका अन्य सडकखण्डमा भएका सवारी दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् ।

ती दुर्घटनामा परी तीन सख्त घाइते र ३४ सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार जीर्ण र साँघुरो सडकका कारण दुर्घटनाका जोखिम बढ्दै गएको हो ।
उक्त सडकखण्ड स्तरोन्नतिका यसै आवमा सरकारले केन्द्रीय आयोजनाअन्तर्गत रु १० करोड बजेट विनियोजन गरिसकेको छ । दैलेख निर्वाचन क्षेत्र नं १ (क) का प्रदेश सांसद धर्मराज रेग्मीले सडक स्तरोन्नति यसै वर्ष गरिने बताउनुभयो । अहिले वीरेन्द्रनगर सुर्खेत हुँदै कर्णालीका जिल्ला र रारा जाने पर्यटकसमेत यही बाटो हुँदै जाने गरेका छन् । पञ्चकोशी तीर्थस्थल अवलोकनका लागि पनि दैलेख भित्रिने पर्यटकको सहजताका लागि कोटिला, श्रीस्थान, नाविस्थान धुलेश्वर हुँदै पादुकासम्म जाने सडक स्तारोन्नति हुनेपर्ने स्थानीयवासीको माग छ ।

“चालकको कारणले मात्र दुर्घटना भएको हो भन्छौँ, तर दुर्घटनाका धेरै कारण छन्”, यात्रु नमराज थापाले भन्नुभयो, “दैलेख–सुर्खेत सडकखण्ड निकै साँघुरो छ, बढीजसो दुर्घटना भएका स्थानमा सडकको लेवल मिलेको छैन्, धेरै घुमाउरो सडक छ, सडकअनुसारको मोड पुग्दैन, सवारी चालकले तीव्र गतिमा सवारीसाधन दौडाउने प्रचलन छ, यस्ता सबै कारणले सडक दुर्घटना बढ्दै गएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com