ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा सवारी दुर्घटना बढ्यो, ६ महिनामा ९१ जनाको मृत्यु


एबीसी न्यूज
माघ १०, २०७५ बिहीबार  ५ : २१ बजे

 

काठमाडौं,  १० माघ । जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। चालू आर्थिक वर्षको ६ महिनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन्। ती दुर्घटनामा ३४० घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ।

मोटरसाइकलमा सवार ३७ को मृत्यु भएको छ भने पैदलयात्री २२ को मृत्यु भएको छ। यस्तै बसमा सवार १७, साइकलयात्री ६ जना, ट्रक ट्याङ्करमा सवार पाँच जना, जीप कारमा सवार तीन जना र अटोमा सवार एक जना रहेको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो। जिल्लाभित्र भएका ११५ दुर्घटनामा २३० घाइते भएका थिए। गत आवमा जिल्लामा २७१ वटा सवारी दुर्घटना भएका थिए। जसमा १३२ को ज्यान गएको थियो भने ५२९ घाइते भएका थिए।

कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेका हुन्। ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com