ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको नवनिर्मित कार्यालय भवन उदघाटन


एबीसी न्यूज

काठमाडौं , ५  माघ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नवनिर्मित कार्यालय भवनको शुक्रबार आयोजित एक कार्यक्रमवीच उदघाटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणका लागि जग्गा प्रदान गरी सहयोग गर्ने दिर्घकुमारी खतिवडालाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रशंसापत्र समेत प्रदान गर्नुभयो । साथै उहाले उक्त कार्यालय परिसरमा सिसिटिभि जडान गरी सहयोग गर्ने बुढानिलकण्ठ नगरपालिकालाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणमा उल्लेखनीय कार्य गर्ने प्रभागका पूर्व ईन्चार्जहरु प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नयाँ भवनको प्राप्तिसँगै समुदायको आवश्यकता अनुसार दत्तचित्त भई कार्य सम्पादन गर्दै जनताको सन्तुष्टीको स्तर वृद्धी गर्नुपर्ने बताउँदै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभयो । प्रहरी कार्यालय मार्फत अन्यायमा परेका सेवाग्राहीले निर्वाध रुपमा न्यायको बाटो पहिल्याउन सक्ने चर्चा गर्दै उहाँले कानून कार्यान्वयन गर्ने सन्दर्भमा बफादार भई अधिकतम उपलब्धी हासिल गर्ने लक्ष्य सहित काम गर्नुपर्ने बताउनुभयो । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार स्थानीय सरकारसँग समन्वय गरी शान्ति सुरक्षा व्यवस्थापनमा खटिनु पर्नेमा उहाँले जोड दिनुभयो  ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, स्थानीय सहयोग समितिका सदस्य तथा समाजसेवी प्रकाश श्रेष्ठ लगायतले भवन निर्माण सम्बन्धी आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै करिब २ करोड ३१ लाख ६८ हजार ५ सय ८४ रुपैयाँ लागतमा साढे ३ तलाको उक्त भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com