जनकपुर, ८ असोज । दुई नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा हेरिएको धनुषाको जनकपुर उपमहानगरपालिकामा भारी मत अन्तरका साथ राष्ट्रिय जनता पार्टीले जित्ने निश्चित भएको छ ।
जनकपुरमा अहिले मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार राजपाबाट मेयरको उम्मेदवार बनेका लालकिशोर साह करिव १० हजारको भारी मतका साथ बिजयी हुन लागेका हुन । तर, आधिकारीक घोषणा हुन बाँकी छ ।

को हुन जनकपुरका भावी मेयर ?
दुई नम्बर प्रदेशमा बलियो मानिएको राष्ट्रिय जनता पार्टीले जनकपुरमा पुरना नेता लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको थियो । राजपाको केन्द्रिय नेता समेत रहेका साह मेयरमा निर्वाचित हुने निश्चित भएको छ । लामो समयदेखी मधेस राजनीतिमा सक्रिय लालकिशोर स्थानीय तहमा स्थापित नेता मानिन्छन् । यसअघि नै जनकपुरमा उपमेयर बनिसकेका लालकिशोर यस पटक भने मेयर नै निर्वाचित हुन लागेका छन् ।







प्रतिक्रिया दिनुहोस्