ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्दिर र अनाथबालबालिकाको सहयोगाका लागि म्हेन्दुको शो


एबीसी न्यूज


डोल्पा , १ माघ  । विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को बिशेष च्यारीटी शो गरिने भएको छ ।
आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँ बालाजु स्थित अष्टनारायण हलमा फिल्मको बिशेष च्यारिटी शो गरिने भएको हो ।
डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दु नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिर, मान्छेको बलीदिने इतिहास बोकेको ऐतिहासिक क्षेत्र राजारानी लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा छायाङ्कन गरिएको हो ।

डोल्पामा रहेको नेपालकै प्रशिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरी मन्दिरको अक्षयकोष तथा जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययनरत बिपन्न अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ फिल्मको च्यारीटिहुने भएको निर्माणपक्षले जनाएको छ ।
चलचित्र प्रदर्शनबाट उठेको रकमबाट मन्दिर र बालबालिकालाई सहयोग गर्ने बताइएको छ ।

डोल्पालीको पीडादायी जीवनशैली र उनीहरुको यथार्त परिदृष्यमा आधारित रहेर छायाँकंन गरिएको चलचित्र म्हेन्दुले समग्र हिमाली भेगको वास्तबिकतालाई प्रतिनिधित्व गरेको छ ।
चलचित्र म्हेन्दुमा डोल्पालीको जनजीवनमात्र नभई यहाँको प्राकृतिक सम्भाबनालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको निर्माणपक्षको जनाएको छ ।
चलचित्रमा डोल्पाली महिलाको पीडालाई कथात्मक ढङ्गबाट चलचित्रमा उतारिएकाले डोल्पाली जनता चलचित्र प्रदर्शनको बेग्र प्रतिक्षामा छन् ।
देशकै सुन्दर पर्यटकीय गन्तव्य भित्रपर्ने डोल्पालाई चलचित्र म्हेन्दुले देश विदेशमा चिनाउने पनि डोल्पालीको अपेक्षा छ ।
त्यतिमात्रै नभई भौगोलिक विकटताको कारण सामान्य औषधि उपचार नपाएरै ज्यान नै गुमाउपर्ने हिमाली महिलाको कारुणीक कथालाई समेत चलचित्रले उजागर गरेको निर्देशक देव नेपालले जानकारी दिए ।

चलचित्र म्हेन्दु डोल्पामा छायाँकन गरिएको दोस्रो चलचित्र हो । यसअघि बिश्वप्रशिद्ध क्याराभान फिल्मको छाँयाङ्कन माथिल्लो डोल्पाको जनजीवनमा आधारित रहेर निर्माण गरिएको थियो ।

देव नेपालको लेखन तथा निर्देशन रहेको चलचित्र म्हेन्दु करिब एक करोड लागतमा निर्माण गरिएको निर्माता अर्जुनप्रसाद डोटेलले बताए ।
दुर्गम हिमाली भेगको वास्तबिकतालाई उजागर गर्न लाखौं रकम खर्च गरेर डोल्पापुगेर छायाङ्न गरिएको र यसलाई माया गरिदिन निर्देशक डोटेलले आग्रह गर्नुभयो ।

समिक्षा मिडियाको ब्यानरमा निर्माणगरिएको चलचित्र म्हेन्दका कलाकारहरुमा दिपक डोटेल, भोला तिमल्सेना, रमेस सोडारी, चन्द्रमणी मुडबरी, सोनु राई, शान्ति घिसिङ, बाबुराज शाक्य, स्थानीय कलाकार लक्ष्मण देवकोटा, कालुराना, बिन्दा थिङ, प्रतिक्षा खतिवडा, एस राजकुमार, लगायतका कलाकारको अभिनय रहेको छ ।

रोहितविक्रम कार्कीले छायाङ्कन गरेको चलचित्र म्हेन्दुमा द्धन्द निर्देशन राजु किँरातीले गरेका छन् भने बिमलडाँगी, मेलीना राइ, सरोज कोइराला र कुमार लामा योञ्जनले चलचित्रमा संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com