ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


admin

काठमाडौं,३० पुस ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ ।

बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ ।

प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा मिति थप तथा पुनःतालिकीकरण भएमा सो को जानकारीसमेत १५ दिनभित्र अनिवार्यरूपमा उपलब्ध गराउन बैंकले निर्देशन दिएको कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय बैंकले ग्राहकको विवरण लिनलाई पनि कडाइ गरेको छ । इजाजत प्राप्त संस्थाका व्यक्ति, फर्म वा सङ्गठित संस्थाबाट कर्जा सुविधाका लागि आवेदन परेमा कर्जा विश्लेषणका लागि ग्राहक तथा ऋणीको नागरिकताको प्रतिलिपि, स्थायी तथा अस्थायी ठेगाना, तीनपुस्ते विवरण र एकाघर परिवारका सदस्यको विवरण लिन निर्देशन दिएको हो ।

निजी संस्था, साझेदारी फर्म, साझेदारको विवरण र फर्मको तर्फबाट कारोवार गर्न अख्तियार प्राप्त व्यक्तिको सम्पूर्ण विवरण, ठेगाना, स्म्झौताको प्रतिलिपि लिनुपर्नेछ ।

निजी संस्थाको हकमा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, धितो मूल्याङ्कनकर्ताको विवरण र रु १० लाखभन्दा माथिको हकमा इजाजतपत्रसमेत लिनुपर्ने नियम बनाइएको छ ।

यस्तै कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीरकण गर्न, पुनःसंरचना वा पुनःतालिकीकरण गर्नु अगावै ऋणी वा ग्राहकका बारेमा अनिवार्य सूचना लिन र माग भएको अवस्थामा तीन दिनभित्र केन्द्रीय बैंकलाई उपलब्ध गराउन भनिएको छ ।

यस्तै बैंकले कर्जा सूचना नियमावली, २०५९ अनुसार पनि थप बाँकी रहेका अन्य सूचना लिन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com