ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमा कम्पनी सन नेपाल लाईफ इन्सोरेन्स आजबाट सञ्चालनमा


admin

काठमाण्डौं ६, असोज । देशभर बिमालाई विस्तार गराउने उदेश्यका साथ सन नेपाल इन्सोरेन्स कम्पनी लिमिटेड आज बाट सञ्चालनमा आएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष अनुप गयालले सन नेपाल इन्सोरेन्सले समस्त बिमा अनुग्राहीको सेवामा अपेक्षा पुरा गरी बिमा क्षेत्रको विकास र प्रबद्धनमा टेवा पुर्याई बिमा क्षेत्रको उदाहरणीय कम्पनी बनेर अघि आउने बताउनुभएको छ ।

त्यसैगरी संञ्चालक प्रमोदकुमार अग्रवालले कम्पनीले विमालाई देशभरका नागरीक समक्ष पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्नु भएका नियमन विमा समितीका अध्यक्ष चिरन्जीवी चापागाईले नेपालमा बैंकको तुलनामा विमा क्षेत्रको कभरेज कम रहेको बताउदै आउदो वर्षमा विमालाई बैंकसंग प्रतिस्पर्धात्मक बनाई अघि लगिने बताउनुभएको छ । त्यसका लागि उहाले सन लाईफ इन्सोरेन्सले चालेको कदमप्रति शुभकामना व्यक्त गर्नुभयो । साथै नेपाल सरकारले विमा लाई मजबुत बनाउन वेग्लै निक्षेप लागु गर्नुपर्ने माग राख्नुभयो । यसका साथै उहाँले कम्पनीलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न र पुरानाभन्दा युवा कर्माचारीलाई कम्पनीमा आबद्ध गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा विशेष अतिथीका रुपमा आउनुभएका सिताराम कट्टेलले कार्यक्रममा बोल्दै जिवनको ग्यारेन्टी नभएको बेला बिमा गर्न अत्यन्तै महत्वपूर्ण भएको भन्दै सबैलाई बिमा गर्न आग्रह गर्नुभयो । त्यसका साथै उहाँले रौतहटको सन्तपुरमा दलित समुदायको लागि अर्को एकिकृत वस्ती निमार्ण प्रारम्भ भएको जानकारी दिदै धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने सबै देश विदेशका नागरीकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संञ्चालक प्रमोदकुमार अग्रवाल, प्रमुख अतिथी चिरन्जीवी चापागाई, विशेष अतिथी सिताराम कट्टेल, कुञ्जना घिमीरे र कम्पनीका अध्यक्ष अनुप अग्रवालले रिबन काटेर कम्पनीको शुभारम्भ गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com