ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमा कम्पनी सन नेपाल लाईफ इन्सोरेन्स आजबाट सञ्चालनमा


admin
आश्विन ६, २०७४ शुक्रबार  ५ : ४४ बजे

काठमाण्डौं ६, असोज । देशभर बिमालाई विस्तार गराउने उदेश्यका साथ सन नेपाल इन्सोरेन्स कम्पनी लिमिटेड आज बाट सञ्चालनमा आएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष अनुप गयालले सन नेपाल इन्सोरेन्सले समस्त बिमा अनुग्राहीको सेवामा अपेक्षा पुरा गरी बिमा क्षेत्रको विकास र प्रबद्धनमा टेवा पुर्याई बिमा क्षेत्रको उदाहरणीय कम्पनी बनेर अघि आउने बताउनुभएको छ ।

त्यसैगरी संञ्चालक प्रमोदकुमार अग्रवालले कम्पनीले विमालाई देशभरका नागरीक समक्ष पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्नु भएका नियमन विमा समितीका अध्यक्ष चिरन्जीवी चापागाईले नेपालमा बैंकको तुलनामा विमा क्षेत्रको कभरेज कम रहेको बताउदै आउदो वर्षमा विमालाई बैंकसंग प्रतिस्पर्धात्मक बनाई अघि लगिने बताउनुभएको छ । त्यसका लागि उहाले सन लाईफ इन्सोरेन्सले चालेको कदमप्रति शुभकामना व्यक्त गर्नुभयो । साथै नेपाल सरकारले विमा लाई मजबुत बनाउन वेग्लै निक्षेप लागु गर्नुपर्ने माग राख्नुभयो । यसका साथै उहाँले कम्पनीलाई स्वस्थ्य प्रतिस्पर्धा गर्न र पुरानाभन्दा युवा कर्माचारीलाई कम्पनीमा आबद्ध गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा विशेष अतिथीका रुपमा आउनुभएका सिताराम कट्टेलले कार्यक्रममा बोल्दै जिवनको ग्यारेन्टी नभएको बेला बिमा गर्न अत्यन्तै महत्वपूर्ण भएको भन्दै सबैलाई बिमा गर्न आग्रह गर्नुभयो । त्यसका साथै उहाँले रौतहटको सन्तपुरमा दलित समुदायको लागि अर्को एकिकृत वस्ती निमार्ण प्रारम्भ भएको जानकारी दिदै धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने सबै देश विदेशका नागरीकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संञ्चालक प्रमोदकुमार अग्रवाल, प्रमुख अतिथी चिरन्जीवी चापागाई, विशेष अतिथी सिताराम कट्टेल, कुञ्जना घिमीरे र कम्पनीका अध्यक्ष अनुप अग्रवालले रिबन काटेर कम्पनीको शुभारम्भ गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com