ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता


एबीसी न्यूज
पुस २८, २०७५ शनिबार  १ : २१ बजे

बेझाड, २८ पुस।  पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ सो प्रतियोगिता गर्न लागिएको हो ।
दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा यही माघ २ गतेदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मीलगायतका जिल्लाबाट १० समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कारस्वरुप रु एक लाख ५० हजार, द्वितीय रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाखबराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

महोत्सवकै अवसरमा खुल्ला पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगितामा पनि हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कारवापत् रु २५ हजार र द्वितीय पुरस्कार रु १५ हजार रहनेछ ।
दलित, जनजाति बालबालिकालाई शैक्षिक सहयोग
पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पाले वडामा रहेका दलित, जनजातिका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ । वडाभित्र बसोवास गर्ने ७६ जना बालबालिकालाई छात्रवृत्ति, स्कुल पोशाक र झोला सहयोग गरेको हो ।

दलित, जनजाति बालबालिकालाई गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले छात्रवृत्ति, स्कुल पोशाक र झोला वितरण गर्दै नियमित विद्यालय जान बालबालिका र अभिभावकलाई अनुरोध गर्नुभयो ।

आर्थिक अभावमा अझैपनि गाउँघरमा दलित, जनजाति परिवारका बालबालिका नियमित विद्यालय जाने नगरेकाले उनीहरुलाई नियमित पठनपाठनका निम्ति विद्यालय जान प्रोत्साहन गराउन शैक्षिक पोशाक, झोला र छात्रवृत्ति रकम सहयोग गरेको वडाध्यक्ष भोगबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com