ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाईल्यान्डमा सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई फराकिलो अन्तरले पराजित


एबीसी न्यूज
पुस २८, २०७५ शनिबार  १२ : २१ बजे

काठमाडौँ, २८ पुस ।  थाईल्यान्डमा शनिबारबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको छ।

िकरुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८।४ ओभरमा कुनै विकेटको क्षतिमा पुरा गरेको थियो।

ओपनर सिता २५ बलमा ३ प्रहार गर्दै नटआउट रहिन् भने अर्की ओपनर काजल श्रेष्ठले १४ रन जोडिन्। २९ बल खेलेकी उनले १ चौका प्रहार गरिन्।

त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोलोजीको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रनमात्रै बनाउन सकेको थियो।

उसका झांग चानले सर्बाधिक १३ बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। यस्तै वाङ लुवान्याउले ८, झांग याङ्लिङले र ली होयोले समान ७(७ रन जोडे।

करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएपछि चीनले थप योगफल तयार पार्न सकेको थिएन्। उनीसँगै नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन्।

त्यस्तै सिताराना मगरले एक विकेट लिइन्। प्रतियोगितामा नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ। थाइल्याण्ड क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता १८ तारिखसम्म चल्नेछ। प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्याण्ड, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबिया प्रतिस्पर्धा गर्दैछन्।

नेपाली टोलीमा कप्तान रुबिना क्षेत्रीसँगै सिताराना मगर ९उपकप्तान०, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, बिन्दु रावल, र ममताकुमारी चौधरी छन्। महिला टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com