दाङ , २८ पुस । नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही र ट्राफिक नियम पालन नगरि सवारी चलाउनु नै रहेको छ । गत शुक्रबार दाङको तुलसीपुर– ३ राम्रीमा भएको बस दुर्घटनामा पनि यस्तै कारण रहेको सरोकारवालाको दाबी छ । दुर्घटनामा सडक र चालकलाई मात्रै दोष दिनुभन्दा यस्ता दुर्घटना न्यूनिकरण गर्न सरकार, यातायात व्यवसायी, चालक र यात्रु स्वयम् जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ ।
पछिल्लो समय नेपालमा सडक दुर्घटना दिनानुदिन बढिरहेको छ । जसले गर्दा मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ । सडक दुर्घटना बढी हुनुमा सम्बन्धित निकायका आआफ्नै तर्कहरु छन् । नेपालको भौगोलिक अवस्था र चेतनाको अभाव पनि सडक दुर्घटनाको मुख्य हुनाका कारण हुन् । सडक निर्माणका क्रममा प्राविधिक पक्षलाई ध्यान नदिनु र डोजर चालक नै आफै इन्जिनियर बन्नु पनि सडक दुर्घटनाको कारक बन्ने गरेको बताउ“छन् प्रदेश नं.५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी)पुष्पराज शाहि ।
दाङमा यसै आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका छन् भने, ४१६ जना घाईते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना बढ्नुमा चालकलाई प्रमुख दोषि बनाइए पनि चालक भने यो आरोप स्वीर्कान तयार छैनन् ।
यता यातायात व्यवसायीहरु पनि आफ्ना कारणले भन्दा पनि सडककै कारण दुर्घटना हुने गरेको बताउ“छन् । नेपाल यातायात व्यवसायी महासंघका सल्लाकार एवं राप्ती अञ्चल यातायात समितीका अध्यक्ष सुरेश हमाल ।
दैनिकजसो सडक दुर्घटनामा मानिसको मृत्यु भए पनि यसलाई कुनै महामारीको रुपमा हेरिदैन । तथ्यांक अनुसार महामारीले भन्दा बढी ज्यान सडकले लिइरहेको छ । जब ठूलो दुर्घटना हुन्छ त्यसपछि मात्र यसतर्फ सम्बन्धि निकायको ध्यान जाने गर्छ । दुर्घटना रोक्न नसकिए पनि यसलाई न्यूनिकरण गर्न सकिन्छ भनछन् दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारी ।
एक अर्कालाई आरोप लगाएर पानी माथिको ओभानो बन्नु भन्दा, के गर्यो भने सडक दुर्घटना न्यूनिकरण गर्न सकिन्छ त ? शुक्रवार दाङको तुलसीपुर ३ राम्रीमा २३ जानको ज्यान जाने गरी भएको बस दुर्घटनाले फेरि एक पटक सबैलाई झस्काएको छ । आगामी दिनमा दुर्घटना न्युनिकरणका लागि स्थानीय सरकार नै गम्भीर बन्नुपर्ने अवस्था आएको छ । यसका लागि सरोकारवाला पक्षस“ग छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमु्ख माया आचार्य बताउछिन् ।
सडक दुर्घटना न्यूनिकरणका लागि सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ अब ढिला गर्नु हुदैन ।







प्रतिक्रिया दिनुहोस्