ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिका अध्यक्ष बिरुद्ध घरेलु हिंसा मुद्दा दर्ता


एबीसी न्यूज
पुस २७, २०७५ शुक्रबार  ८ : ३८ बजे

काठमाडौँ, २७ पुस ।   नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उहाँकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा आज घरेलु हिंसा मुद्दा दर्ता गराएकी छिन् ।

नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजूरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाईफकाई, परपञ्च गरी कान्छी श्रीमति बनाएको उजूरीमा उल्लेख छ । यो उजूरीमा विवाह लगतै भारतको जोशीमठ पुगेर मजदूरी गरी कमाएको रकमले बुटवलको देबीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र उहाँबाटका दुई छोराहरुलाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ ।

अध्यक्ष बुढाले आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को उपदफा १ (क) बमोजिम सजायको मागदावी गरिएको छ । सो दफामा २५ हजार रुपैंयाँसम्म जरिवाना र ६ महिनासम्म कैद हुने कानूनी व्यवस्था छ । आरोपित आफ्ना श्रीमान् गाउँपालिकाको अध्यक्ष पदमा बहाल रहेको बेला आफू माथि कुटपिट भएको कारण घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा १३ उपदफा (४) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हुने १० प्रतिशत थप सजाय समेत पाऊँ भनी उजूरीमा खुलाइएको छ ।

यस बारे प्रतिक्रियामा माग्दा गाउँपालिका अध्यक्ष बुढाले ‘म सबैको हित र कल्याण गर्दै आएको व्यक्ति घर मिलाउन प्रयत्न गर्दै थिएँ, कोही उचाल्ने पछार्नेहरुको लहलहैमा उजूरी प¥यो होला ।’ कानूनी प्रक्रियामा गएकोले बाँकी सबै अदालतमा बताउने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com