
काठमाडौं , २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ ।
सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको छ ।
१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनोले बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।







प्रतिक्रिया दिनुहोस्