ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै कार्यशैलीको कारण सभामुख महरा चुके


एबीसी न्यूज
पुस २५, २०७५ बुधबार  ९ : ११ बजे

काठमाडौं, २५ पुस । संघीय संसद सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिहरुको थलो हो । यहा हुने हरेक गतिविधिको चासो आम नागरिकमा हुने गर्छ । संसदीय अभ्यासमा बहुमत प्राप्त दलले कतै जनताको आवाजलाई दवाउने त होइन भनेर सदैव प्रतिपक्षी दलहरुले सरकारका हरेकजसो गतिविधि तथा क्रियाकलापको निगरानी गर्ने गर्छन् । व्यवस्थापिका आफंैमा अधिकार सम्पन्न निकाय भएकाले कार्यपालिकाले गर्ने हरेक कामलाई निर्देशन तथा नियन्त्रण गर्ने अधिकार स्वयम् संसदलाई भए पनि पछिल्लो संघीय संसद बैठकमा भने त्यसो हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे । कार्यपालिका प्रमुखको सम्बोधन सुनिसकेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले केही जिज्ञाशा राख्न समय माग गरे । तर बैठक सञ्चालन गरिरहेका सभामुख कृष्णबहादुर महराले प्रश्न गर्न नदिएपछि ससद्को कार्वाही अघि बढ्न सकेन । त्यसो त हरेक पटक संसद बैठक बस्नु भन्दा अघि सभामुख, सत्तापक्ष, प्रतिपक्ष र सचिवालयका पदाधिकारीबीच छलफल हुने गर्छ ।

संसद बैठकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेरै कार्यव्यवस्था परामर्श समिति समेत गठन गरिएको हुन्छ । आइतबार पनि परार्मश समितिले बैठक सञ्चालनको लागि कार्यतालिका तय गरेको थियो । तर परार्मश समितिको कार्यसूची अनुसार बैठक बसेन । फलत संसदमा प्रधानमन्त्रीले सम्बोधन गरिसकेपछि प्रतिपक्षले आफ्ना जिज्ञासा राख्न पाएनन् वा दिइएन । प्रमुख प्रतिपक्ष दलका सांसदले संसदलाई सभामुख महराले सरकारको अंगको रुपमा सञ्चालन गर्न खोजेको आरोप लगाए ।

संसदबाट प्रधानमन्त्री निर्देशित हुनु पर्नेमा सभामुख प्रधानमन्त्रीबाट निर्देशित हुदा संसदको गरिमालाई जोगाउन नसकेको कार्यव्यवस्था परार्मश समितिकी सदस्य सरिता प्रसाईले बताइन् ।
त्यसो त सभामुख महरालाई कुनै एक पार्टीको नभई सभामुखको भूमिकामा रहन नसकेको टिप्पणी समेत भएको छ । कार्यव्यवस्था समितिमा कांग्रेसका सासदलाई बोल्न दिने सहमति भएपनि पछि रोक्नु संसदकै खिल्ली उठाउने काम महराले गरेको स्वय सत्तापक्ष्ँका सांसदको बुझाई छ । यता सत्तापक्ष्ँका सांसद भने आफ्नै पार्टीका सभामुखको बारेमा खुलेर टिप्पणी गर्ने मुडमा छैनन । तर सत्तापक्ष्ँकै सांसदहरु स्वतन्त्र रुपमा निर्वाचित सभामुखले संसदीय मामिलामा स्वतन्त्रै भूमिका खेल्दा राम्रो हुने बताउ“छन् । प्रतिपक्ष दलका सांसद भने सभामुखको बैठक सञ्चालनको कार्यशैली र व्यहारबाट भने रुष्ट भएका छन् ।

प्रधानमन्त्री ओलीलाई सदनमा सम्बोधन गर्न दिने तर विपक्षलाई प्रश्न गर्न नदिने सभामुख महराको एकपक्षीय व्यवहार नसच्चिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिइसकेको छ । सत्ता समर्थक दल राष्ट्रिय जनता पार्टी, नेपालले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रश्न गर्न नदिएर सभामुख महराले गल्ती गरेको टिप्पणी गरेको छ । प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रुपष्ट भए पनि सांसद बोल्न र प्रधानमन्त्रीकोे जवाफ लिन बन्देज लगाइएको राजपाको भनाइ छ ।

अर्कोतिर सभामुख महराले संसद्मा बस–उठदेखि हिंडाई चलाई र बोलीमा मर्यादित ढंगले प्रस्तुत हुन गरेको बेवास्तालाई समेत सांसदहरुले रुचाएका छैनन । सभामुखले संसद् सञ्चालनमा आईपर्ने आकस्मिक विवाद, नियमापत्ति, रोष्ट्रमको बेलबाट बाटो क्रस जस्ता विषयमा कुनै मतलब नगर्ने गरेको सांसदले टिप्पणी गर्ने गरेका छन् । आफ्नै कार्यशैलीको कारण संसदलाई व्यवस्थित, मर्यादित र विवादरहित बनाउने विषयमा सभामुख महरा चुकेकै हुन । जसको प्रत्यक्ष प्रभाव संसददेखि आम नागरिकसम्म पर्न जान्छ । सभामुखबाट हुने गल्तीले गर्दा सांसदीय गतिविधिको तालिका नै खलबलिंदा फागुन २१ गतेसम्ममा संविधान कार्यान्वयन गर्न बन्नु पर्ने आवश्यक विधेयकसमेत प्रभावित हुन सक्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com