
काठमामाडौं , पुुस २४ । प्रधानमन्त्री केपी शर्माले गत पुस २२ गते प्रतिनिधिसभामा सार्वजनिक गर्नुभएको तथ्याङ्क शत प्रतिशत सही भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले राष्ट्र बैकको तथ्याङ्कलाई उद्धृत गर्दै चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वार्षिक बिन्दुगत आधारमा मूल्य बृद्धिदर ४ दशमलव २ प्रतिशत रहेकोमा पहिलो ५ महिनामा मूल्य बृद्धिदर ३ दशमलब ७ प्रतिशतमा झरेको स्पष्ट पारेको छ ।
यस्तै चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राजस्व असुली बृद्धिदर समेत ३२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयको २०७५ मंसिरसम्मको तथ्याङ्क उद्धृत गर्दै चालु आर्थिक वर्षको पहिलो ५ महिनामा कूल खर्चको ७ प्रतिशत बृद्धि भएको, जसमध्ये चालु खर्च १३ प्रतिशतले घटेको र पुजीगत खर्च २५ दशमलब ३ प्रतिशतले बृद्धि भएको जनाएको छ ।
यसैगरी रेमिटान्सको आयमा समेत बृद्धि भएको छ । बैदेशिक रोजगारीमा जानेको संख्या चालु आर्थिक वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलब ३ प्रतिशतले घटे पनि सोही अवधिमा रेमिटान्स आयमा भने ३६ प्रतिशतले बृद्धि भएको अर्थमन्त्रालयको दावी छ ।
प्रधानमन्त्रीको सम्वोधनमा प्रयुक्त तथ्याङ्कलाई लिएर सञ्चार माध्यममा गरिएको टिप्पणी लगाएका आरोप आधारहीन भएको अर्थ मन्त्रालय जनाएको छ । अर्थ मन्त्रालयले भनेको छ– ‘प्रधानमन्त्रीबाट आएको तथ्याङ्क चालु वर्षको पाच महिना अवधिको भएको तर केही सञ्चार माध्यमले ४ महिना र कतिपयले ३ महिनाको तथ्याङ्क प्रयोग गरी सरकारको तथ्याङ्कप्रति टिप्पणी गर्नुले सही विश्लेषण झल्काउदैन ।
’ यस्तै प्रधानमन्त्रीको सम्बोधनमा परेको राजस्व र खर्चको तथ्याङ्क मंसीर महिनासम्मको भएको त्यसपछि पुस महिनामा भएको खर्च र राजस्वको बिवरण देखाउ“दै तथ्याङ्कलाई बंग्याउने काम भएकोप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले नेपाल राष्ट्र बैकले सार्वजनिक गर्ने वर्तमान आर्थिक स्थितिमा चालु आर्थिक वर्षको ४ महिनाको तथ्याङ्क संप्रेषण भएको तर प्रधानमन्त्री ओलीले ५ महिनाको तथ्याङ्क प्रस्तुत गर्नुभएको हुनाले भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस्