ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी खरीद घोटालामा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी (भिडियोसहित)


एबीसी न्यूज
पुस २४, २०७५ मंगलबार  ११ : २० बजे

काठमाडौँ , २४ पुस ।  सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमतिले तयार पारेको वाइडबडी खरिद प्रकरणको प्रतिवेदन समितिले केही संसोधन गर्दै कारवाहीको लागि सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्र्देशन दिएको छ ।

प्रतिवेदनमा वाइडबडी खरीद घोटालामा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी देखाइएको छ । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीहरुलाई सार्वजनिक खरिद ऐन विपरित विमान खरिदमा सहयोग गरेको भन्दै कानुनसम्मत कारवाहीको लागि निर्देशन दिएको छ भने तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईले क्लिन चिट पाएका छन् ।

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवाका दुईवटा वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वमन्त्रीसहित वहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । तर समितिले यसअघि गठन गरेको वाइडबडी विमान खरिद छानवीन उपसमितिको प्रतिवेदनमा थोरै संशोधन गर्दै वाइडबडी विमान खरिदमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई भने सफाइ दिएको छ ।

यस्तै उपसमिति प्रतिवदेनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले नैतिक जिम्मेवारी र बदनियत देखिएको कारणले कारबाही सिफारिस गरिएकोमा त्यसमा संशोधन गर्दै कानुनसम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिएको हो ।

समितिले विमान खरिदमा प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारबाही गर्न भनेको छ । बाइट..डा.रोजनाथ पाण्डे, सचिव, सार्वजनिक लेखा समिति

तर कारवाही प्रक्रियामा समिति सदस्य प्रदिप यादवले मन्त्रीलाई नैतिक जिम्मेवारी र कर्मचारीलाई कारवाहीको सिफारिस गर्दा साना माछालाई जाक्ने र ठुलालाई बचाउने काम भएको भन्दै लेखा समितिकै बैठकमा असन्तुष्टि जनाए ।

निगमले दुइटा वाइड बडी विमान खरिदको क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैया अनिमियता भएको सार्वजनिक लेखा समितिको उपसमितीको प्रतिवेदन पछि समितीले कारवाहीका लागि सरकार र अख्तियार दुरुपयोग निवारण आयोगलाई निर्देशन दिएको हो । यससंगै बाइडबडी प्रकरण अख्तियार समक्ष पुगेको छ । अख्तियारले थप अनुसन्धानपछि को को लाई कारवार्ही गर्ने हो त्यो भने प्रक्षिताको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com