ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीको कुन–कुन स्थानीय तहमा कुन दलले जित्यो ?


admin

गौशाला, ६ असोज ।  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी हुनुभएको छ ।

सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो ।

त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गर्नुभएको थियो ।

लोहारपट्टि नपामा काँग्रेसको जित 
यसैगरी, महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, प्रतिद्वन्द्वीका रुपमा प्रमुखमा राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गर्नुभएको थियो ।

औरही नपामा काँग्रेस र राजपा विजयी 
यसैगरी, महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली काँग्रेस र राजपा विजयी भएका छन् ।

निर्वाचन अधिकृत रामेश्वर कुँवरका अनुसार औरही नगरपालिकाको प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् ।

त्यस्तै, औरही नगरपालिकाको उपप्रमुख पदमा राजपाकी रेणु झा विजयी हुनुभएको निर्वाचन अधिकृत कुँवरले बताउनुभयो ।

निर्वाचन अधिकृत कुँवरका अनुसार प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादवले तीन हजार १५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा राजपाकी रेणु झाले तीन हजार २५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वीमा प्रमुख पदमा राजपाका शंकर यादवले दुई हजार ७११ र उपप्रमुख पदमा काँग्रेसकी रेणु यादवले दुई हजार ९५९ मत प्राप्त गर्नुभएको थियो ।

बलबा नपा प्रमुखमा काँग्रेस, उपप्रमुखमा राजपा 
यसैगरी, महोत्तरी जिल्लाको बलवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँगे्रस र उपप्रमुख पदमा राजपा विजयी भएका छन् ।

निर्वाचन अधिकृत सुदीपकुमार दंगालका अनुसार बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादव र उपप्रमुख पदमा राजपाकी रीतादेवी झा विजयी हुनुभएको छ ।

बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादवले तीन हजार ६१६ मत प्राप्त गरी विजयी हुनुभयो भने उपप्रमुख पदमा राजपाकी रीतादेवी झाले तीन हजार ८३६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत दंगालले बताउनुभयो ।

त्यस्तै, उहाँहरुका निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रमुख पदमा राजपाका रामविजय महतोले तीन हजार ४९६ र उपप्रमुखमा काँग्रेसकी रामदुलारी देवीले तीन हजार ६३७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com