ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी


admin


काठमाडौं,२० पुस । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८-६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै रु सात अर्बभन्दा बढी नाफा पु¥याएको छ ।

प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आव २०७३-७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांशबापतको रकम कट्टा गरेपछि रु सात अर्ब ३७ करोड ५६ लाख पुगेको छ ।

सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आव २०७२/७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम रु एक अर्ब ६३ करोड ५६ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आव २०७४-७५ मा रु छ अर्ब २३ करोड ५९ लाख आम्दानी गरेको छ । उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु पाँच अर्ब ४९ करोड ४३ लाख प्रक्षेपण गरेकोमा रु ७४ करोड १६ लाख वृद्धि भई रु छ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

चालू आव २०७५-७६ मा प्राधिकरणले रु ३८ अर्ब ११ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ३४ अर्ब २५ करोड चार लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड ६५ लाख निर्धारण गरिएको छ ।

आव २०७४-७५ मा क्यानले पूँजीगत खर्चतर्फ रु ३२ अर्ब ६५ करोड १४ लाख र कार्य सञ्चालनतर्फ रु तीन अर्ब ५३ करोड १५ लाख गरी जम्मा रु ३६ अर्ब १८ करोड २८ लाख व्यय अनुमान गरिएकोमा पूँजीगत खर्च १७ अर्ब तीन करोड ९४ लाख र कार्य सञ्चालन खर्च रु दुई अर्ब २२ करोड ८० लाख गरी जम्मा रु १९ अर्ब २६ करोड ७५ लाख खर्च भएको क्यानले जनाएको छ ।

चालू आव २०७५/७६ को स्रोततर्फ आम्दानी रु पाँच अर्ब ९६ करोड ९३ लाख, विमानस्थल विकास शुल्क रु दुई अर्ब ६४ करोड ५० लाख एवं ऋण, शेयर तथा अनुदानबाट रु २० अर्ब ८५ करोड गरी जम्मा रु २९ अर्ब ४६ करोड ४३ लाख हुने अनुमान गरिएको क्यानले जनाएको छ ।

प्राधिकरणले मूल्यअभिवृद्धि कर, साँवा ब्याज भुक्तानी र लाभांशबापतको रकम गरी जम्मा रु तीन अर्ब २४ करोड ८९ लाख सरकारलाई भुक्तानी गरी राजश्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com