ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि घट्यो शेयर बजार


admin
पुस १९, २०७५ बिहीबार  ४ : ३० बजे

काठमाडौं,१९ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल नौ उपसमूह मध्ये छ उपसमूहको शेयर बढे भने तीन उपसमूहको शेयर भने घटेका छन् ।

बैंकिङ ४ दशमलव ३६, विकास बैंक ६ दशमलव १८ र जलविद्युत् ६ दशमलव ३७ बिन्दुले घटेका छन् । होटल १८ दशमलव २५, वित्त शून्य दशमलव ३८, निर्जीवन बीमा १५ दशमलव शून्य दुई, अन्य शून्य दशमलव तीन, लघुवित्त एक दशमलव २२ र जीवन बीमा ६८ दशमलव शून्य पाँच बिन्दुले बढेका छन् ।

घटेको बजारमा युनाइटेड मोदी हाइड्रो पावर, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनीका शेयरधनीले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्था, हाथवे फाइनान्स कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

विलासिताको कर घटाउने माग र यथार्थ बजेट बहसबीच अर्थतन्त्र सुधारको दबाब

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com