ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण


admin
पुस १९, २०७५ बिहीबार  १ : ०२ बजे

दमौली, १९ पुस । तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको हो ।

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताउनुभयो । उहाँले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो ।

विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग 

तनहुँको दमौलीस्थित बाराही आवासीय माविमा अध्ययनरत विद्यार्थीले रिसिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार न्यानो कपडा सहयोग गरेका छन् । तिहारमा विद्यार्थी र शिक्षकले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले अमर माविका ७८ छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको शिक्षक विपीन गौलीले जानकारी दिनुभयो ।

बाराहीका विद्यार्थीले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । अमर माविका प्रधानाध्यापक कर्मसिं थापाले विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग गर्ने कार्य उदाहरणीय रहेको बताउनुभयो ।

समायोजन आवेदन भर्न सहायता कक्ष 

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पु¥याउने उद्देश्यले बुधबारदेखि सहायता कक्षा सञ्चालनमा ल्याएको छ ।

कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी भइसकेको र कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पु¥याउन कार्यालयले प्रशासकीय अधिकृत रामप्रसाद ढकालको संयोजकत्वमा सहायता कक्षा सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सहायता कक्षले अनलाइन आवेदन भर्न नसक्ने कर्मचारीको लागि आवेदन भर्न सहयोग पु¥याउने जानकारी दिनुभयो । साथै सोही कक्षबाट कर्मचारीको अभिलेख राख्नसमेत सहयोग गरिने उहाँले बताउनुभयो ।

सहायता कक्षामा प्रशासन कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र सहायक कम्प्युटर अप्रेटर प्रेमबहादुर आले सहयोगी कर्मचारीको रूपमा खटिनुभएको छ ।

सहायता कक्षा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ११ गते सूचना प्रकाशित गरी समायोजनका लागि अनलाइन आवेदन भर्न कर्मचारीलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com