ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि शेयरको मूल्य घट्यो


admin
पुस १७, २०७५ मंगलबार   ४ : २७   बजे


काठमाडौं,१७ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज नेप्से परिसूचकको साथ साथै कारोवार रकमसमेत घटेको छ । कूल १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा निर्जीवन बीमा नौ दशमलव ७२, लघुवित्त तीन दशमलव २४ र जीवन बीमा शून्य दशमलव ६३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ दुई दशमलव १३, होटल चार दशमलव ९१, विकास बैंक एक दशमलव ४५, जलविद्युत् तीन दशमलव ८६, वित्त शून्य दशमलव ३४ र अन्य शून्य दशमलव शुन्य दुई बिन्दुले घटेको छ ।

घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था सिद्धार्थ इन्स्यारेन्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, प्रभु बैंक, नागबेली लघुवित्त विकास बैंक र कालिका पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group