ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाले ग¥यो चौँरी वितरण


admin

डोल्पा, १७ पुस  । यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसायअनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो । गाउँपालिकाले प्रत्येक घरधुरीले चौँरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरणअन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिकाभरिमा १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि व्यवसाय र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने योजनाअनुरुप कूल रु पाँच करोड ६० लाख बराबरको रकम विनियोजन गरेको उहाँको भनाइ छ । प्रत्येक घरधुरीलाई दुई चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ स्थानीय सरकारले नै अनुदान प्रदान गरेको छ ।

अनुदानमा दुई चौँरीगाई दिइएको छ र एउटा कृषकले नै किन्नुपर्ने छ, भने बाख्रापालनका लागि १२ वटा अनुदानमा र आठ कृषकले अनिवार्य किन्नुपर्ने छ । आर्थिक वर्ष २०७५-७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको नायबसुब्बा केशव जैसीले जानकारी दिनुभयो ।

स्थानीय सरकारले एक घर बराबर व्यवसाय गर्नका लागि रु ९६ हजार ६०० बराबर अनुदान दिने जैसीको भनाइ छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहना अनुसार नै अनुदान दिएकाले सरकारको अनुदानको उपलब्धि निकाल्ने स्थानीय भीमबहादुर बस्नेतले बताउनुभयो । केही गरेर आम्दानी गर्न खोज्ने कृषकका लागि सुनौलो अवसर भएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com