ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी विक्री नहुँदा गोदाममा थन्कियो


admin

विराटनगर, १६ पुस । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिनुभयो ।

“गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उहाँले भन्नुभयो ।

प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भए पनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताउनुभयो ।

किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल रु ५३१ निर्धारण गरेको थियो ।

चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् ।

सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रति बिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिनुभयो ।

इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भन्नुभयो ।

सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com