ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग


admin

गाईघाट, १६ पुस ।  नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार ८१ हजार १९२ अमेरिकन डलरअर्थात् रु ९० लाख ५० हजार आर्थिक सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर भएको नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष राउतले बताउनुभयो ।

जापानी दूतावासको आर्थिक सहयोगबाट नेत्रज्योति सङ्घको भवन अब तीनतले भएर निर्माण सम्पन्न हुने भएको नेत्रज्योति सङ्घ उदयपुरका प्रतिनिधि बताउँछन् । २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने नेत्रज्योति सङ्घ उदयपुरका उपाध्यक्ष सृजना दनुवार बताउनुहुन्छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरेको सम्बद्ध पदाधिकारी बताउँछन् ।

त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले अब आफ्नै बृहत् नयाँ भवनमा सङ्घ सञ्चालन गर्ने भएको छ भने आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

हाल नेत्रज्योति सङ्घ उदयपुरमा उदयपुर खोटाङ, भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा लिँदै आएको नेत्रज्योति सङ्घ उदयपुरका प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताउनुभयो । भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु एक करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित सङ्घको नयाँ भवन निर्माणको लागि रु तीन करोडभन्दा बढीको आर्थिक सहयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com