ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दहेज प्रथा कानूनी अपराध हो : प्रदेश प्रमुख तुम्बाहाङ


admin

विराटनगर, १२ पुस । प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले दहेज प्रथा कानूनी अपराध हो भन्नु भएको छ । दाइजोविरुद्धको १० दिने अभियानअन्तर्गत विराटनगरमा इस्लामी सङ्घ नेपालद्वारा आज आयोजित दाइजो प्रथा समाजमा यसको प्रभाव तथा कारण र निवारण विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले दाइजोको विरुद्धमा महिला पनि अघि सर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख तुम्बाहाङले समाजमा विकृतिको रुपमा विकसित हुँदै गएको दहेज प्रथालाई रोक्न शिक्षा र सचेतना कार्यक्रम आवश्यक छ भन्दै तराईमा दहेज प्रथाले विकराल रुप लिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

छोराछोरीलाई समान रुपमा हेर्ने दृष्टिकोण बनाउनुपर्छ अनि मात्र असल समाज बन्ने उद्घोष गर्दै प्रदेश प्रमुख तुम्बाहाङले दाइजोको कारण महिलामाथि हुने हिंसा जघन्य अपराध हो भन्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुसलमान समुदायमा पनि दहेज प्रथा चल्नु इस्लाम धर्मको खिलाप हो भन्नुभयो । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले दहेज लिनु र दिनु दुबै गैरकानूनी काम भएकाले यसलाई समयमै रोक्न सक्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले छोरी पढाउ र छोरी बचाउ अभियानले दहेज प्रथालाई केही हदसम्म नियन्त्रण गर्ने कुरामा जोड दिनुभयो ।

आयोजक सङ्घ प्रदेश नं १ का अध्यक्ष मौलाना जुल्फकर अलीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुस्लिम अगुवा रिजवान अन्सारी, मौलाना गुलाम रसुलले इस्लाम धर्ममा दहेज लिनु भनेको पाप गर्नु सरह हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com