ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दहेज प्रथा कानूनी अपराध हो : प्रदेश प्रमुख तुम्बाहाङ


admin
पुस १२, २०७५ बिहीबार  ८ : ०९ बजे

विराटनगर, १२ पुस । प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले दहेज प्रथा कानूनी अपराध हो भन्नु भएको छ । दाइजोविरुद्धको १० दिने अभियानअन्तर्गत विराटनगरमा इस्लामी सङ्घ नेपालद्वारा आज आयोजित दाइजो प्रथा समाजमा यसको प्रभाव तथा कारण र निवारण विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले दाइजोको विरुद्धमा महिला पनि अघि सर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख तुम्बाहाङले समाजमा विकृतिको रुपमा विकसित हुँदै गएको दहेज प्रथालाई रोक्न शिक्षा र सचेतना कार्यक्रम आवश्यक छ भन्दै तराईमा दहेज प्रथाले विकराल रुप लिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

छोराछोरीलाई समान रुपमा हेर्ने दृष्टिकोण बनाउनुपर्छ अनि मात्र असल समाज बन्ने उद्घोष गर्दै प्रदेश प्रमुख तुम्बाहाङले दाइजोको कारण महिलामाथि हुने हिंसा जघन्य अपराध हो भन्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुसलमान समुदायमा पनि दहेज प्रथा चल्नु इस्लाम धर्मको खिलाप हो भन्नुभयो । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले दहेज लिनु र दिनु दुबै गैरकानूनी काम भएकाले यसलाई समयमै रोक्न सक्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य लोकप्रसाद सङ्ग्रौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्कीले छोरी पढाउ र छोरी बचाउ अभियानले दहेज प्रथालाई केही हदसम्म नियन्त्रण गर्ने कुरामा जोड दिनुभयो ।

आयोजक सङ्घ प्रदेश नं १ का अध्यक्ष मौलाना जुल्फकर अलीको अध्यक्षतामा भएको सो कार्यक्रममा मुस्लिम अगुवा रिजवान अन्सारी, मौलाना गुलाम रसुलले इस्लाम धर्ममा दहेज लिनु भनेको पाप गर्नु सरह हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com