ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा लामो सयमपछि नियमित विमान सेवा शुरु


admin
पुस १२, २०७५ बिहीबार  ४ : १३ बजे


दाङ,१२ पुस । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा विहीबार देखी दैनिक हवाई सेवा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।

दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व अध्यक्ष विमल रिजालले बताउनु भयो ।

त्यसैगरी दैनिक विमान सेवा सञ्चालन हुनु दाङमा बासीको खुसीको कुरा भएको स्थानिय बासुदेव आचार्यले बताउनु भयो । २०११ सालमा विमानस्थल बनाउन आफ्ना स्वर्गीय बुवा झग्गु प्रसाद आचार्यको देन भएको भन्दै आज आएर विमान स्थलमा विमान नियमित हुदाँ उहाँको सपना पुरा भएको उहाँले बताउनु भयो ।

दाङमा विमान सेवा नियमित हुने भएपछि यस क्षेत्रका सर्वसाधारणहरुमा निकै उत्साह भएका छन । सातामा ३ पटक हुँदा चाहे अनुसार विमान सेवा लिन सकिएको थिएन अव भने आवश्यक परेको वेलामा चढ्न पाइने भयो, स्थानीय संजय आचार्यले बताउनु भयो ।

यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले आफुले निर्वाचनको बेला जनताका माझमा गरेको वाचा पुरा भएको बताउनु भयो ।

तर पटक पटक सञ्चालन हुदै बन्द हुने अबस्थामा रहेको बिमानस्थल अब भने नियमित चल्ने भएको नगर प्रमुख पाण्डेले बताउनु भयो । सानो जहाज र ईन्धन डिपो नहुदाँ दाङवाट काठमाडौँका लागी ५ हजार ८ सय ८० र काठमाडौँवाट दाङ आउदाँ ६ हजार ७० भाडाँ रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डर समेत भइसकेको उहाँले बताउनु भयो । विभिन्न समयमा निजि कम्पनीहरुका विमानहरुले सेवा दिदै आएता पनि विभिन्न कारणले निरन्तर सेवा दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com