ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा जङ्ली हात्तीको आतङ्क


admin
पुस ११, २०७५ बुधबार  ३ : २७ बजे

बर्दिवास, ११ पुस । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी, काप) का बासिन्दा लगातार जङ्ली हात्ती बस्तीमा पसेर उत्पात मच्चाइ रहेपछि आजित भएका हुन् ।

पछिल्लो पटक मङ्गलबार राति तीनवटा जङ्गली हात्तीले बर्दिवास–५ सोनापेटीका विमान थिङ, चेरुका विष्णु ढुङ्गेल, गणन्ताका साने श्रेष्ठ र ढुङ्ग्रेका निर्मल दर्लामीको घर भत्काएको छ ।

मध्यरातपछि समूहमा बस्ती पसेको हात्तीले केराका थाम, पाखाबारीको मकै, बन्दाकोबी, पूmलकोबी र अरहर (रहरी) लगायतका बाली उखेलेर, लडाएर नोक्सान गरेका चेरु बस्तीका सामाजिक कार्यकत्र्ता तिलक कार्कीले जानकारी दिनुभयो ।

हात्तीको समूह बिहान झिसमिसेमा सघन वनक्षेत्र पसेका चेरुका बासिन्दाले बताएका छन् । यसअघि लाग्दो पुसमै बस्ती पसेका हात्तीले बर्दिवास–१ को भब्सी, चिहानडाँडा र गालटारमा तीनवटा गोठ भत्काएको थियो ।

पछिल्ला तीन वर्षयता तीनवटाकै सङ्ख्यामा केही दिनको फरकमा बस्ती पस्ने गरेका हात्तीको समूहले बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी, पाटु र वरडाँडामा गतदशैँ पर्वको बीचमै पाँचवटा घर भत्काएर बालीनाली माडीमैदान पारेको थियो ।

वर्षेनी जङ्गली हात्तीको बस्ती प्रवेशले यहाँका सर्वसाधारण त्रसित भएका छन् । पछिल्ला तीन वर्षयता बस्ती पस्ने गरेका हात्तीको सङ्ख्या तीनवटै देखिनाले उनै हात्ती घुम्दैफिर्दै यहाँ पस्ने गरेको बुझिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

चुरे पर्वत शृङ्खला छेउछाउ हुँदै विचरण गर्ने गरेको हात्ती केही वर्ष पहिलेदेखि नै चितवन निकुञ्ज क्षेत्रबाट बिच्किएर निस्किएका हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले बताउनुभयो ।

पछिल्लो पटक हात्ती बस्ती पसेपछि बर्दिवास नपाका चुरे काछका बासिन्दा राति पालेपहरा बसेर आफ्नो घरबारी र बालीनाली सुरक्षा गर्न पर्ने टुङ्गोमा पुगेका छन् । इप्रका बर्दिवासका प्रनाउ पोखरेलले हात्ती पसेको जानकारी पाउनासाथ तिनलाई लखेट्न स्थानीयवासीको सहयोगमा प्रहरी परिचालित गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com