ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछी तनाब नियन्त्रण लिन अश्रुग्यास प्रहार


admin
पुस ९, २०७५ सोमबार  २ : २४ बजे


दाङ, ९ पुस । दाङको घोराहीमा दुर्घटना हुँदा एक व्यतिmको निधन र एक व्यतिm गम्भीर घाईते भएपछि शीर्जना भएको तनाबलाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

गाडि चालकको लापरबाहीले गर्दा दुर्घटना भएको भन्दै आफन्तले शव उठाउन नदिएपछि शीर्जना भएको तनाबलाई नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

अश्रुग्यास प्रहार गरि शव उठाएको र तनावलाई तितर बितर बनाएको उहाँको भनाई छ ।सोमबार दाङको घोराहीका बसको ठक्करबाट स्कुटर चालकको मृत्युभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखनपार्कको घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई सोमबार विहान साढे ११ बजे तिर ठक्कर दिदा चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निबासी २९ वर्षिय मेघराज पुनमगरको मृत्युभएको हो । एउटै दिशामा गुडिरहेका स्कुटरलाई बसले ठक्कर दिँदा पुनको घटना स्थलमै मृत्युभएको प्रहरीले बताएको छ ।

स्कुटरमा सवार फुर्सेखालीकै २४ वर्षिय महेश बुढामगर घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । यसैबीच घटना पछि आफन्त तथा स्थानीयबासीले बसमा तोडफोड गरेका छन् ।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ भने बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीहरुले बस तिब्र गतिमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com