ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकै बेचेर भरतपुरमा घर


admin
पुस ८, २०७५ आईतबार  ८ : २८ बजे

चितवन, ८ पुस ।  सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उहाँका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाउनुभएको हो ।

भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गर्नुभएकी बुढाथोकीले भन्नुभयो, “हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।” लक्ष्मीले शुरुआतीदेखि नै त्यही चोकमा मकै पोल्दै आउनुभएको छ भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आउनुभएको छ । यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएको छ ।

जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उहाँहरु सफल हुनुभएको हो ।

उहाँहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आउनुभएको छ । पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताउनुभयो ।

आफूले विवाह गर्दा श्रीमान्ले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उहाँले बताउनुभयो । चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई यही बसेर काम गर्न थालेको बताउनुहुन्छ ।

श्रीमान्को रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमान्ले पनि मकै पोल्न थाल्नुभएको उहाँको भनाइ छ । जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउनुहुन्छ ।

अहिले दैनिक एक जनाको आम्दानी रु दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताउनुभयो । “बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै प¥यो”, उहाँले भन्नुभयो ।

अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उहाँको गुनासो छ । विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो देशमा मेहनत ग¥यो भने सफल भइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com