
पोखरा, ७ पुस । पुर्वराजा ज्ञानेन्द्र बिक्रम शाह शनिबार दर्शनका लागि पोखराको विन्ध्यवासिनी मन्दिर पुगेका छन् ।
निजी भ्रमणका लगि पोखरा पुगेका पुर्वराजा शाह विभिन्न मठमन्दिर, गुम्बाको दर्शन गर्ने कार्यक्रम अन्र्तगत विन्ध्यवासिनी मन्दिर दर्शनका लागि पुगेका हुन ।
उनलाई मन्दिर प्रबेशका क्रममा आफ्ना शुभचिन्तकहरुले फुलमालाले भब्य स्वागत गरेका थिए । गत २ गते पोखरा पुगेका पुर्वराजा केही दिन निजी भ्रमणकै शिलशिलामा पोखरा आसपासमै रहने छन् ।








प्रतिक्रिया दिनुहोस्