
गुल्मी,७ पुस । गुल्मीमा घाइते अवस्थामा पोथी चितुवा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुँगास्थित टाटिम जंगलमा दुम्सिलाई थापेको पासोमा परेर चितुवा घाइते भएको हो ।
शुक्रबार साझँ स्थानीयले छटपटाउदैँ गरेको चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले डिविजन वन कार्यालय गुल्मीलाई खबर ग¥र्यो ।
पासोमा परेको चितुवाको उद्धारको लागि वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जसँग सम्पर्क ग¥यो । राति करिब २ बजे हुँगा आइपुगेको टोलिले चितुवालाई बेहोस बनाई तम्घास ल्याएका थिए ।
कम्मरमा धेरै नै चोट लागेको चितुवाको प्राथमिक उपचारपछि आज बिहान थप उपचारको लागि चितवन पठाइएको डिविजन वन कार्यालयका नायब सुब्बा नविन पन्थीले बताए । उपचारपछि चितुवालाई राष्ट्रिय निकुञ्जमा छोड्ने वा चिडियाखानामा राख्ने पन्थीले बताएका छन ।








प्रतिक्रिया दिनुहोस्