
काठमाडौं,७ पुस । चितवनको राप्ती नगरपालिकामा अवैध रुपमा लगाएको गाजा खेती प्रहरीले नष्ट गरेको छ ।
राप्ती नगरपालिका वडा नं. ११, १२ र १३ तीन ओटा वडाको ४ विघामा लगाएको गाजा खेति नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रवार विहान इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यको कमाण्डमा गएको शसस्त्र प्रहरी सहितको टोलिले उक्त खेती नष्ट गरेको हो ।
जिल्लाका विकट स्थानमा स्थानियहरुले गाँजा खेती गर्ने गरेको कारण प्रहरीले गाजा खेती नष्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । त्यस क्षेत्रमा चेपाङ वस्ति रहेको तस्करहरूले स्थानीयलाई प्रयोग गरेर गाँजा खेती गर्दै आएको प्रहरी भनाइ छ ।

उक्त क्षेत्रमा ठुलो मात्रामा स्थानिहरुले गाजाँ खेती गरेको र यसले समाजमा नराम्रो असर गर्ने भन्दै स्थानियबासीले दिएको सूचनाको आधारमा उक्त क्षेत्रमा गएर गाजा खेति नष्ट गरेको प्रहरी निरिक्षक आर्चायले बताए । स्थानियहरुलाई यस सम्झाउनुका साथै यस्तो खेतिले समाज राष्ट्र सवैलाई असर गर्ने भएको हुदा अन्य खेति गर्ने सल्लाह दिएको आर्चायले बताए ।









प्रतिक्रिया दिनुहोस्