ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि मजदूरले पाएनन् ज्याला


admin
पुस ६, २०७५ शुक्रबार   २ : ३४   बजे

दार्चुला, ६ पुस । मार्मा गाउँपालिका वडा नं ३ मा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माणका मजदूरले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि ज्याला पाएका छैनन् ।

एक वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनका अधिकांश मजदूरले कामबापतको ज्याला नपाएका हुन् ।

विसं २०७२ भदौमा शुरु भएको स्वास्थ्य चौकी भवन निर्माण २०७४ मङ्सिरमा निर्माण सम्पन्न भएको थियो । कूल रु एक करोड ८४ लाख लागतमा निर्माण भएको आवाससहितको भवनमा काम गर्ने मजदूरले अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका हुन् ।

भवन निर्माणका मिस्त्री, डकर्मीले कामबापतको ज्याला नपाएको डकर्मी रतनसिंह धामीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘दैनिक रु ७०० मा काम गरेका हौँ, तर अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा छैनन् ।

आफ्नो मात्रै काठको काम गरेबापत रु ४५ हजार लिन बाँकी छ ।’’ काम गरेका रकम नपाउँदा घरायसी खर्च धान्नसमेत धौधौ परेको उहाँले सुनाउनुभयो ।

उक्त स्वास्थ्य चौकी भवन निर्माणमा काम गर्ने मजदूर तथा मिस्त्री डकर्मीको गरी झण्डै रु १४÷१५ लाख तिर्नै बाकी रहेको कामदार बताउँछन् । निर्माणको जिम्मा पाएको बङ्गलामुखी कन्सटक्र्सनले अहिलेसम्म आफूहरुको रकम भुक्तानी नगर्दा दैनिक छाक टार्नै समस्या भएको धामी बताउनुहुन्छ ।

एक वर्षसम्म काम गरेको ज्याला नपाउँदा परिवार पाल्नै समस्या भएको मजदूरहरु बताउँछन् । काम गरी खाने मजदूरको रकम नतिरेर ठेकेदार सम्पर्कविहीन भएको उनीहरुको गुनासो छ ।

निर्माण व्यवसायी प्रतिनिधि इन्द्रसिंह ऐरी मजदूरको ज्याला तिर्न नसकिएको स्वीकार गर्नुहुन्छ ।

“मैले काम गराएको रु तीन-चार लाख दिन बाँकी छ । स्वास्थ्य चौकी भवन निर्माणमा झण्डै रु ५० लाख घाटा भयो । एउटै ठाउँमा लाखौँ रकम घाटा भएपछि अहिले निर्माण कम्पनी टाट पल्टेको छ । घरबाट लगेर दिनलाई रकम छैन” उहाँले भन्नुभयो ।

भवन निर्माण गरेको एक वर्षसम्म पनि स्थानीय तहलाई भवन हस्तान्तरण गरिएको छैन । भवन हस्तान्तरण नहुँदै अहिले स्वास्थ्य चौकी नयाँ भवनमा सरेको छ । भवन जीर्ण हुन थालेपछि स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको अहेव गोविन्द जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group