ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल क्रिकेट : हरायो ललितपुरले भैरहवालाई


admin

काठमाडौं,१ पुस । ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।

क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे । भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे ।

त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे । बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई÷दुई विकेट लिए ।

जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com